mobile

महानगरपालिकाद्वारा निर्माण सामग्रीको गुणस्तर परीक्षण शुरु

By RSS on Mar 25,2019 - 16:39

भरतपुर महानगरपालिकाले निर्माण सामग्रीको गुणस्तर परीक्षण शुरु गरेको छ । यसअघि महानगरभित्र बनेका सडक, भौतिक पूर्वाधार एवं निर्माण सामग्रीको परीक्षण गर्न सडक डिभिजन कार्यालय भरतपुर र काठमाडौँ पठाउनुपर्ने हुन्थ्यो । 

परीक्षण ल्याब (प्रयोगशाला) को निर्माण भरतपुर महानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार रु १० लाखको लागतमा गरिएको महानगरका कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

परीक्षण ल्याब (प्रयोगशाला) मा परीक्षण गरेर मात्र महानगरभित्र भौतिक निर्माणका काम गर्नुपर्ने भएकाले अब बन्ने संरचनाको गुणस्तरमा वृद्धि हुने उहाँको भनाइ छ । ल्याबमा सडक निर्माणपछि त्यसको गुणस्तर र निर्माण पूर्व गिट्टी, बालुवा, छडको गुणस्तर र आकार परीक्षण गर्न सकिन्छ । 

ल्याब उद्घाटन कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले विकास निर्माणका कामलाई थप प्रभावकारी, गुणस्तरीय र दिगो बनाउन महानगरले आफ्नै प्रयोगशाला निर्माण गरेको बताउनुभयो । विकास र गुणस्तरलाई सँगसँगै लैजान महानगरले यसको आवश्यकता महसुस गरी सञ्चालनमा ल्याएको उहाँको भनाइ छ । (रासस)

ट्याग -  निर्माण सामग्री , गुणस्तर ,

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img