mobile

अख्तियारको उजुरी फछ्र्याैट

By RSS on Mar 25,2019 - 17:01

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले चालू आर्थिक वर्ष २०७५÷०७६ को आठ महीनामा झण्डै ५० प्रतिशत भ्रष्टाचारका उजुरीको फछ्र्याैट गरेको छ । 

आयोगमा विभिन्न तहबाट आएका एक हजार एक वटा प्रारम्भिक उजुरीमध्ये चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ४९२ उजुरी फछ्र्याैट गर्न सफल भएको आयोगको बुटवल कार्यालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 

आयोगमा आएका एक हजार एक प्रारम्भिक उजुरीमध्ये गत आवका बाँकी रहेका ३८५ उजुरी चालू आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका र अन्य ६१६ भने यसै आवमा परेका हुन् । चालू आवको आठ महीनाको अवधिमा गरी ४९२ उजुरीको फछ्र्याैट भई बाँकी ५०९ उजुरी अनुसन्धानका क्रममा रहेको जानकारी गराइएको छ । 

आयोगको बुटवल कार्यालयको प्रदेश नं ५ का नौ र गण्डकी प्रदेशको एक पूर्वी नवलपरासीसमेत गरी १० जिल्ला कार्यक्षेत्र रहेको छ । आयोगमा प्रारम्भिक उजुरी आएकामध्ये आर्थिक वर्ष २०७४÷०७५ र चालू आर्थिक वर्षको आठ महीनाको अवधिमा सबैभन्दा बढी रुपन्देही जिल्लाबाट ३३८ उजुरीमध्ये १७७ को फछ्र्यौट भएको जनाइएको छ । 

आयोगको कार्यक्षेत्रको पूर्वी रुकुममा यही अवधिमा जम्मा सात वटा उजुरीमध्ये एउटा फछ्र्यौट भएको र अन्य छ वटा अनुसन्धानका क्रममा रहेको जनाइएको छ । कपिलवस्तुमा १९७, नवलपरासी पश्चिममा १७९, अर्घाखाँचीमा ७२, पाल्पा ५३, गुल्मी ४८, रोल्पा ३१ र प्यूठान १२ वटा उजुरी परेको छ । आयोगले प्रमुखरुपमा आठ जनाविरुद्ध छ वटा मुद्दाको तीन करोड २६ लाख ६८ हजार ३०५ को बिगोसहित मुद्दा चलाएकामा ९६ लाख दुई हजार ३१४ बिगो असुल गर्न सफल भएको कार्यालयका उपसचिव नारायण पाण्डेले जानकारी दिनुभयो । 

सो अवधिमा अख्तियारमा परेका उजुरीमध्ये सबैभन्दा बढी सङ्घीय सरकारअन्तर्गत सङ्घीय मामिला मन्त्रालयको ३५७ उजुरी परेकामा ५३ को फछ्र्यौट भएको छ । सो मन्त्रालयअन्तर्गत स्थानीय तहका भ्रष्टाचारसम्बन्धी उजुरी सबैभन्दा बढी छन् । फछ्र्यौट भएका ४९२ उजुरीमध्ये २८५ तामेलिमा राखिएको, १०० समान प्रकृतिका उजुरी एकीकरण गरिएको, ४७ उजुरीमा सम्बन्धित निकायलाई सुझाव तथा निर्देशन दिइएको, २६ उजुरीको विस्तृत अनुसन्धान भइरहेको र ३४ उजुरीको फाइल आयोगको केन्द्रीय कार्यालय तथा अन्य निकायमा पठाइएको छ । 

आयोगका अनुसार सो अवधिमा विभिन्न निकायका छ कर्मचारी रु ९६ लाखभन्दा बढी नगद रकमसहित रङ्गे हात पक्राउ परेका थिए । उनीहरुका सहयोगीसहित नौ जनालाई विशेष अदालतमा मुद्दा दायर भइसकेको र प्रतिवादी निलम्बनमा रहेको जानकारी गराइएको छ । 

यसमध्ये सबैभन्दा ठूलो रकमसहित शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रुपन्देहीका डिभिजन प्रमुख सुरेश ठाकुर र उहाँका पत्नीलाई साउन १२ गते रु ३६ लाख ७२ हजार ५०० सहित रङ्गेहात पक्राउ परी अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दायर भएको लगायतका मुद्दा रहेको कार्यक्रममा जानकारी दिइयो । 

आयोगको बुटवलका कार्यालय प्रमुख तारानाथ अधिकारीले स्थानीयस्तरमा भएका भ्रष्टाचारका कतिपय मुद्दामा अनुसन्धान गरेर केन्द्रमा पठाउने गरिएको बताउनुभयो । उहाँले सीमित साधन स्रोतबाट पनि भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिअनुरुप अख्तियारले काम अघि बढाइरहेको जानकारी दिनुभयो । (रासस)

ट्याग -  उजुरी ,

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img