mobile

चीनमा भेटिए २५ सय वर्ष पुराना अन्डा

By Anu Rana on Mar 31,2019 - 11:03

पुरातत्वविद्हरूले चीनको जियाङ्सु प्रान्तमा दुई हजार पाँच सय वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन् । उत्खननका क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो ।

नानजिङ म्युजियम इन्स्टिच्युट अफ आर्कियोलोजीका अनुसन्धाताहरूले लियाङ सहरको साङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अन्डा फेला परेको बताएका छन् ।

मानिसको हातले छुँदा अन्डा फुट्ने त्रासका कारण अन्डा गणना गर्न एक्सरेको प्रयोग गरिएको एकजना पुरातत्वविद झाओ हेङमिङले बताउनु भ्एको छ ।

‘सेतो र पहेँलो अवस्थामा भेटिएका ती अन्डा सडेको अवस्थामा छन्, तर तिनलाई नुनमा डुबाइएको थियो वा थिएन भन्नेबारे डिएनए परीक्षण गर्ने तयारी भइरहेको छ,’ उनले भने । अन्डाका सोखिन व्यक्तिको निधन भएपछि उनकै सम्झनामा भाँडोमा अन्डा राखेर सँगै गाडिएको हुन सक्ने अनुसन्धाताको भनाइ छ । 

प्राचीन चिनियाँ चिहानहरूमा अन्डा भेटिएको यो पहिलोपटक भने होइन, तर अन्डा नफुटेको अवस्थामा बिरलै पाइन्छ । वैज्ञानिकहरूका अनुसार यति लामो अवधिसम्म अन्डाको बाहिरी भाग सुरक्षित रहनु निकै कठिन हो ।

सन् २०१५ मा चीनको दक्षिणपश्चिम गुइझाओ प्रान्तमा पुरातत्वविदहरूले दुई हजार वर्षभन्दा अघिको चिहानमा पनि अन्डा फेला पारेका थिए, तर उत्खननका क्रममा हातले छोएका कारण त्यस अन्डाको बाहिरी भाग फुटेको थियो ।

ट्याग -  अन्डा ,

SUGGESTED ARTICLES

img
प्रादेशिक आयुर्वेदमा ‘फाइमोसिस’ सेवा शुरु

दाङको तुलसीपुर–१९ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा ‘फाइमोसिस’ रोगको सफल शल्यक्रिया भएको छ । उक्त चिकित्सालयमा पहिलो पटक यो सेवा शुरु भएको हो । बच्चाको लिङ्ग नखुल्ने उक्त रोगलाई आयुर्वेद पद्धति सर्कमसिजनमार्फत उपचार गर्न थालिएको हो । अस्पतालका प्रमुख तथा बालरोग विशेषज्ञ डा रामकामेश्वर ठाकुरसहित पाँच चिकित्सकसहितको टोलीले उक्त रोगको सफल शल्यक्रिया गरेको हो ।


by RSS | May 15

img