mobile

पत्रकारिता तालीम

By RSS on Mar 29,2019 - 15:35

मोफसलका पत्रकारलाई सशक्त बनाउन प्रशिक्षण दिइएको छ । बिहिबारसम्पन्न दुईदिने प्रशिक्षणमा शुसासन र विकास विषयमा केन्द्रित रही पत्रकारले स्थलगत समाचार सङ्कलन र लेखनका साथै आम नागरिकलाई जानकारी गराउन त्यसमा समेट्नुपर्ने विषयवस्तुलगायत विषयमा जानकारी दिइएको नेपाल पत्रकार महासङ्घका जिल्ला सभापति हेमनाथ खतिवडाले बताउनुभयो । 
अस्ट्रेलियन राजदूतावासको आर्थिक सहयोगमा काठमाडौँस्थित राष्ट्रिय सञ्चार विकास केन्द्रद्वारा आयोजित सो प्रशिक्षणमा रसुवाका नौ, नुवाकोटका चार, धादिङका चार र भक्तपुरका एकसमेत गरी १८ पत्रकार सहभागी थिए । 



उक्त केन्द्रका कार्यकारी निर्देशक विष्णु शर्मा पराजुली, उपाध्यक्ष श्रीरामसिंह बस्नेत र सञ्चारविद् रामकृष्ण रेग्मीले सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षण दिनुभएको थियो ।स्थानीय तहको निर्वाचन पश्चात् पहिलो पटक आयोजित उक्त प्रशिक्षणले सङ्घीयताको भावना र मर्मअनुसार काम गर्न सहज भएको सहभागी प्रशिक्षार्थीले बताए । 

ट्याग -  पत्रकारिता ,

SUGGESTED ARTICLES

img
भारतमा पढ्ने नेपालीबाट गुम्यो रु छ करोड सेवा शुल्क

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीबाट शिक्षण शुल्क वापत् विदेशी मुद्रा सटही गर्दा लाग्ने सेवा शुल्क नलिँदा एक वर्षको अवधिमा मुलुकलाई रु साढे छ करोड राजश्व घाटा भएको छ । छिमेकी भारतमा उच्चशिक्षाका लागि अध्ययन गर्न जाने नेपाली विद्यार्थीबाट त्यस्तो शिक्षण शुल्कको एक प्रतिशतका लाग्ने सेवा शुल्क अशुल नगरिएको पाइएको हो ।


by RSS | Apr 18

img