mobile

पब्जी गेमको कुलतः स्वास्थ्यमा कसरी हानी गर्छ ?

By Anu Rana on Mar 31,2019 - 11:17

अहिले धेरैको हातमा स्मार्टफोन रहने गरेको छ जस्को कारण पब्जीको लत बसेको पाइन्छ । पब्जी गेम भनेपछि कामधन्दा पढाइ  छाड्नेहरु पनि धेरै छन् ।  यस्तो लाग्छ, उनीहरुको सपना-विपना नै पब्जी हो ।

खेलका आफ्नै सर्त र सीमा त हुन्छन् नै अनि त्यस्को महत्व पनि उतिकै हुन्छ । खासगरी आउटडोर गेमहरुले शारीरिक, मानसिक विकासमा ठूलो सघाउँ पुर्‍याउँनुको साथै । त्यसका अरुपनि थुप्रै फाइदाहरु छन् । जस्तो कि, प्रतिस्पर्धाको भावना विकास हुन्छ । नेतृत्व क्षमता विकास हुन्छ । एकता एवं सामाजिक भावनाको निर्माण हुन्छ ।

आजभोलि भर्चुअल गेमको जमना छ । घरभित्र अझ एउटै कोठामा कोचिएर भर्चुअल गेममा रमाउनेको संख्या बढ्दो छ । यी भर्चुअल गेमहरु गलत भन्ने होइन । भर्चुअल गेमले पनि मानसिक तनावबाट मुक्त गराउनको साथै मनोरञ्जन पनि दिन्छ । कतिपय चलाखीपूर्ण निर्णय गर्ने क्षमताको विकास पनि गर्छ ।

तर, कुनैपनि कुरामा आवश्यक्ताभन्दा बढी आशक्ति हुनु भनेको कुलत लाग्नु हो । कुलतले महत्वपूर्ण समय नष्ट गरनुको साथै मानसिक, शारीरिक, सामाजिक विकासमा अवरोध पुर्‍याउँछ 

करियर बनाउने उमेरमा युवाहरु पब्जी खेलेर आफ्नो समय बर्बाद गरिरहेका छन् ।

पब्जीको साइड इफेक्ट

एकातिर पब्जी खेलको लोकप्रियता चुलिदो छ अर्कोतिर यसले मानसिक एवं शारीरिक समस्या पनि नित्याउँदैछ । अहिले पब्जीको कारण युवाहरुमा के कस्ता स्वास्थ्य समस्या देखापर्छ भनेर खोजी हुन थालेको छ । पब्जी खासमा एक मल्टीप्लेयर वा सामूहिक गेम हो, अर्थात एकसाथ केही खेलाडीले यसमा भाग लिन्छन् ।

यो गेम खेल्दै जाँदा युवाहरु यति निर्लिप्त हुने गरेका छन् कि उनीहरुले आफ्नो पढाई, कामधन्दा, करियर पनि सोच्न छाडेका छन् । साथै एकै स्थानमा घण्टौ बसेर गेम खेलिरहँदा स्वास्थ्यमा गंभीर समस्या पनि देखापर्दैछ ।

पब्जीले स्वास्थ्य खराब गर्छ

पब्जीको कारण युवाहरुको स्वास्थ्यमा खराबी आएपछि यस खेलका निर्माताहरुले नै यसको रोकथामको उपाय खोजेका छन् । उनीहरुले यसका लागि ६ घण्टाको समय निर्धारित गरिदिएका छन् । यसको अर्थ अब कुनैपनि खेलाडीले ६ घण्टाभन्दा बढी समय गेम खेल्न सक्नेछैनन् ।

६ घण्टा पनि हेल्थ नोटिफिकेशन आउनेछ । त्यसपछि भने गेम स्वत् बन्द हुनेछ ।

पब्जी एक समस्या

अहिले बच्चाहरु विद्यालयबाट फर्केपछि मोवाइलमा पब्जी खेल्न थाल्छन् । वयस्कहरु पनि अफिसबाट फर्किएपछि पब्जीमै रामाउन थाल्छन् । यसले गर्दा उनीहरुको शारीरिक सक्रियता पुरै घटेको छ । एकै ठाउँ कोचिएर घण्टौ बिताइरहेका छन् ।

यस गेमको चक्करमा परेपछि मान्छेको सुत्ने तालिका गडबड भएको छ । अपर्यात निद्रा, मोटोपन, उच्च रक्तचाप, हृदयरोग जस्ता समस्यालाई यसले जन्म दिएको छ ।

पब्जी खेल्नेहरुलाई ढाँडको समस्या देखिएको छ । उनीहरुको आँखामा पनि समस्या देखिएको छ । पब्जीको एडिक्सनले मान्छेको दिनचर्या विथोलिनुको साथै उनीहरुको खाने, सुत्ने तालिकामा समेत प्रभाव परेको छ । यसले शारीरिक गतिविधिलाई पुरै निस्क्रिय बनाइदिनुको साथै सामाजिक सम्पर्क पनि टुटाइदिएको छ ।

अब के गर्ने त ?

पब्जी अहिले धेरै अभिभावकको लागि टाउको दुखाईको विषय भएको छ । यो भर्चुअल गेम ठिक त्यस्तै हो, जुन लागु औषधको लत जस्तै हो ।

पब्जीको लतमा फसेकाहरुलाई पारिवारिक जीवनमा फर्काउनुपर्छ । उनीहरुलाई यो गेमबाट मुक्त गराउनुपर्छ । यसका लागि अभिभावकले आफ्ना छोराछोरीसँग अतिरिक्त समय दिनुपर्ने विज्ञहरुको राय छ ।

बच्चालाई एक्लो हुन नदिने वा गेम खेल्ने अनुकुलता नदिनु नै बुद्धिमता हुने उनीहरुले बताएका छन् ।

 

 

 

ट्याग -  पब्जी गेमको कुलतः स्वास्थ्यमा कसरी हानी गर्छ ?

LATEST NEWS

SUGGESTED ARTICLES

img