mobile

नेविसङ्घद्वारा कारवाहीको माग

By RSS on Mar 31,2019 - 17:32

नेपाल विद्यार्थी सङ्घले नियमविपरीत भर्ना गरेर पढाउने कलेजलाई कारवाहीको माग गरेको छ । 

नियमविपरीत विगत सात महीनादेखि महङ्गो शुल्क लिएर पढेका विद्यार्थीलाई विश्वविद्यालयले परीक्षा लिन अस्वीकार गरेको भन्दै नेविसङ्घले त्यस्ता कलेजमाथि कारवाहीको माग गरेको हो । 

नेविसङ्घका नेता नवराज त्रिपाठीले उपत्यकाका एपेक्स, राजधानी, सायम, युनिग्लोबलगायत कलेजले नियमविपरीत ३९१ विद्यार्थीलाई भर्ना गरेर परीक्षा दिने वातावरण नबनाएकाले आन्दोलन गरेको जानकारी दिनुभयो । 

“कलेजहरु शिक्षा दिने थलोभन्दा पनि ठग्ने थलोको रुपमा विकास हुँदै गएकाले हामी आन्दोलन गर्न बाध्य भएका हौँ”, उहाँले भन्नुभयो । क्याम्पसमा भर्ना गराउने तर परिक्षा दिनबाट बञ्चित गराउने राज्यको नीति ठिक नभएको उहाँको भनाइ छ । 

विद्यार्थीहरुले सात लाख शुल्क तिरेर पढेपनि परीक्षा दिन भने पाएका छैनन् । पीडित विद्यार्थीको भविश्य सुनिश्चित नगरेसम्म नेविसङ्घले निरन्तर आन्दोलन गर्ने नेता त्रिपाठीले बताउनुभयो । विभिन्न कलेजमा आन्दोलन गर्ने क्रममा नेविसङ्घका ११ नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।(रासस)

ट्याग -  कारवाही ,

SUGGESTED ARTICLES

img
राप्रपालाई वार्तामा आउन आह्वान

सरकारले हिन्दू राष्ट्र पुनःस्थापनालगायत माग गर्दै आन्दोलनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वार्तामा आउन आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट वार्ताका लागि कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई संयोजक तोक्नुभएको छ । मन्त्री ढकालले राप्रपालाई वार्ताका लागि यही वैशाख १० गते अपराह्न १ बजे वार्ताका लागि लिखित पत्रसमेत पठाइसक्नुभएको छ ।


by RSS | Today, 10:46 AM

img