mobile

स्लोभाकियाले पायो पहिलो महिला राष्ट्रपति

By Anu Rana on Apr 01,2019 - 11:08

स्लोभाकियाले पायो पहिलो महिला राष्ट्रपतिमध्य युरोपको भूपरिवेष्ठित देश स्लोभाकियाले पहिलो महिला राष्ट्रपति पाएको छ । भ्रष्टाचार विरोधी उम्मेदवार जुजाना क्यापुटोभाले राष्ट्रपतिको चुनाव जित्दै देशकी पहिलो महिला राज्य प्रमुख बन्न सफला भएकी छिन । 

जुजानासँग राजनीतिक अनुभव नभ्एता पनि उनले सत्तासीन पार्टीका उच्च व्यक्तित्वका राजनीतिज्ञ तथा मारोस सेफकोभिकलाई दोस्रो राउण्डको रनअफ भोटमा पराजित गरेकी हुन् । जुजानाले चुनावलाई राम्रो र नराम्रोबीचको संघर्षको रुपमा लिएकी थिइन् ।

यो चुनाव पछिल्लो वर्ष एक खोजी पत्रकारको हत्यापछि भएको हो । पत्रकार जन कुइयाकले राजनीतिज्ञ र संगठित अपराधबीच सम्बन्ध रहेको पाएपछि गएको फेब्रुअरी २०१८ मा उनकी पत्नीसँगै उनको गोली हानेर हत्या गरिएको थियो ।

त्यो घटनापछि जुजानाले राष्ट्रपतिको पदका लागि चुनाव लड्ने घोषणा गरेकी थिइन् । जुन निकै ठूलो औपचारिक भूमिका रहन गएको थियो । उनले ५८ प्रतिशत मत ल्याउँदा प्रतिद्वन्द्वी सेफकोभिकले ४२ प्रतिशत मत पाएका थिए ।

पहिलो मतदानमा जुजानाले ४० प्रतिशत मत प्राप्त गरेकी थिइन् जुन सेफकोभिकले प्राप्त गरेकाे मतभन्दा १९ प्रतिशतभन्दा कम रहेको थियो । 

 

 

ट्याग -  स्लोभाकिया , महिला राष्ट्रपति

SUGGESTED ARTICLES

img
राप्रपालाई वार्तामा आउन आह्वान

सरकारले हिन्दू राष्ट्र पुनःस्थापनालगायत माग गर्दै आन्दोलनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वार्तामा आउन आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट वार्ताका लागि कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई संयोजक तोक्नुभएको छ । मन्त्री ढकालले राप्रपालाई वार्ताका लागि यही वैशाख १० गते अपराह्न १ बजे वार्ताका लागि लिखित पत्रसमेत पठाइसक्नुभएको छ ।


by RSS | Today, 10:46 AM

img