mobile

अपाङ्गतामैत्री विद्यालय भवन निर्माण

By RSS on Apr 01,2019 - 14:08

गोरखा नगरपालिका–३ नारेश्वरमा करीब रु ७५ लाखको लागतमा अपाङ्गतामैत्री विद्यालय भवन निर्माण भएको छ । 

भूकम्पले क्षति पु¥याएको विन्ध्यावासिनी माध्यामिक विद्यालयको नवःनिर्मित भवन अपाङ्गतामैत्री बनेको हो । कूल रु ७५ लाख ४६ हजारका लागतमा भवन निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वनय एकाइ (शिक्षा)का प्रमुख रामप्रसाद आचार्यले जानकारी दिनुभयो । 

फरक क्षमता भएका बालबालिकासमेत पठनपाठन गर्दै आएको उक्त विद्यालयमा भवन अभावका कारण विद्यार्थीलाई समस्या हुँदै आएको थियो । पाँचकोठे अपाङ्गतामैत्री भवन निर्माण भएसँगै उक्त विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीलाई पनि अध्ययनका लागि सजिलो भएकोे विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष टीकाराम बस्नेतले बताउनुभयो । 

विद्यालयले उनीहरुलाई आवासीय सुविधासहित पठनपाठनको व्यवस्थापन गर्दै आएको छ । भवन निर्माणका लागि आइएनएफ नामक गैरसरकारी संस्थाले सहयोग गरेको थियो । २०७२ सालको विनाशकारी गोरखा भूकम्पले विद्यालयको भवन पूर्णरुपमा क्षति भएपछि उक्त संस्थाले सो विद्यालय भवन निर्माण गरिदिएको हो । (रासस)

ट्याग -  अपाङ्गतामैत्री , विद्यालय

SUGGESTED ARTICLES

img
भारतमा पढ्ने नेपालीबाट गुम्यो रु छ करोड सेवा शुल्क

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीबाट शिक्षण शुल्क वापत् विदेशी मुद्रा सटही गर्दा लाग्ने सेवा शुल्क नलिँदा एक वर्षको अवधिमा मुलुकलाई रु साढे छ करोड राजश्व घाटा भएको छ । छिमेकी भारतमा उच्चशिक्षाका लागि अध्ययन गर्न जाने नेपाली विद्यार्थीबाट त्यस्तो शिक्षण शुल्कको एक प्रतिशतका लाग्ने सेवा शुल्क अशुल नगरिएको पाइएको हो ।


by RSS | Apr 18

img