mobile

पत्रकार अधिकारी पक्राउ

By RSS on Apr 01,2019 - 14:31

नेपाल पत्रकार महासङ्घ कास्की शाखाका निर्वतमान उपाध्यक्ष एवं केन्द्रीय सभासद् राजेन्द्र अधिकारीलाई आज प्रहरीले पक्राउ गरेको छ । 

आज बिहान पोखरा महानगरपालिका–१ स्थित पृथ्वीनारायण क्याम्पस गेटमा विप्लव निकट अखिल क्रान्तिकारीले गरेको प्रदर्शनको समाचार सङ्कलनका लागि पुग्नुभएका अधिकारीलाई कास्की प्रहरीले पक्राउ गरेकोे महासङ्घ अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

पत्रकार अधिकारीसँगै अन्य दुई विद्यार्थी पनि पक्राउ परेको बताइएको छ । महासङ्घका अध्यक्ष श्रेष्ठले गैरकानूनी पक्राउको विरोध गर्दै अधिकारीको तुरुन्त रिहाइको माग गर्नुभएको छ । 

महासङ्घका गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले समाचार सङ्कलन गर्न जाने पत्रकारलाई पक्राउ गर्ने गैरकानूनी कार्य बन्द गरी तुरुन्त रिहा गर्न माग गर्नुभएको छ । (रासस)

ट्याग -  पक्राउ ,

SUGGESTED ARTICLES

img
राप्रपालाई वार्तामा आउन आह्वान

सरकारले हिन्दू राष्ट्र पुनःस्थापनालगायत माग गर्दै आन्दोलनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वार्तामा आउन आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट वार्ताका लागि कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई संयोजक तोक्नुभएको छ । मन्त्री ढकालले राप्रपालाई वार्ताका लागि यही वैशाख १० गते अपराह्न १ बजे वार्ताका लागि लिखित पत्रसमेत पठाइसक्नुभएको छ ।


by RSS | Today, 10:46 AM

img