mobile

स्ववियु निर्वाचनको माग राखी आन्दोलन

By RSS on Apr 01,2019 - 15:50

नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गराउन माग राखी लगातार आन्दोलन गर्दै आएको छ । सङ्घले आज मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु)मा कालोझण्डा गाडेर तत्काल निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न दबाब दिएको हो । 

विश्वविद्यालयले यही चैत २५ गते निर्वाचनको मिति तोकेको थियो । नेविसङ्घका केन्द्रीय सदस्य अनिलबहादुर शाहीले विश्वविद्यालय अन्तर्गतका केन्द्रीय क्याम्पसका साथै शिक्षा विज्ञान, मानविकी, इञ्जिनीयरिङ, व्यवस्थापन र विज्ञान क्याम्पसमा कालो झण्डा गाडेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो,“निर्वाचनको मिति तोक्ने, निर्वाचन नगराउने विश्वविद्यालय नेतृत्वको नियतविरुद्ध आन्दोलन जारी राखेका हौं ।” नेविसङ्घले यही चैत १२ गतेदेखि विश्वविद्यालय प्रशासनमा धर्ना दिनुका साथै आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएको छ ।(रासस) 

ट्याग -  स्ववियु निर्वाचन ,

SUGGESTED ARTICLES

img
प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता हुन्छ : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विद्युतीय कारोवार ऐन खारेज गरी नयाँ प्रेस कानूनद्वारा प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पत्रकारहरुले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको जनाउँदै उक्त दफा खारेजीको माग गरिरहेको सन्दर्भमा मन्त्री बाँस्कोटाले सो कुरा बताउनुभएको


by RSS | Apr 18

img