mobile

थाई राजाले खोसे थाक्सिनलाई दिएको शाही पदवी  

By Anu Rana on Apr 02,2019 - 11:11

थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई दिइएको शाही मानपदवी फिर्ता गरेका छन् । भ्रष्टाचारको अभियोग लागेकाले उनलाई दिइएको मानपदवी फिर्ता लिनु परेको राजदरबारको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

कार्यालयद्वारा शुक्रबार जारी वक्तव्यमा भनिएको छ, “राजा माहा वाजिरालोङकोर्नले पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई प्रदान गर्नुभएको शाही मानवदवी फिर्ता लिन शाही निर्देशन जारी गर्नुभएको छ ।” थाइल्याण्डमा संसदीय निर्वाचन भएको एक हप्ता नसकिँदै राजाले थाक्सिनको मानपदवी खोसेका हुन् ।

थाक्सिनलाई सन् २००८ मा प्रधानमन्त्री रहेकै बेला विवादास्पद भ्रष्टाचारको अभियोग लगाई सेनाले नै सत्ताच्यूत गरेको थियो ।

उनी त्यतिबेलादेखि नै विवादास्पद भ्रष्टाचारको अभियोगका कारण स्वेच्छिक निर्वासनमा रहँदै आएका छन् ।

भ्रष्टाचारको अभियोगमा उनलाई अदालतले कम्तीमा दुई वर्ष जेल बस्नु पर्ने फैसला सुनाएको थियो । तर सिनावात्राले भने आफूमाथि लगाइएको अभियोग अस्वीकार गर्दै आएका छन् ।

थाइल्याण्डमा गत आइतबार भएको संसदको निर्वाचनमा थाक्सिनको समर्थन रहेको फिउ थाइ पार्टीले नै सबैभन्दा धेरै स्थानमा जित हासिल गरेको छ । सैनिक शासकको समर्थन रहेको पालङ प्रचा रथ पार्टीले भने सबैभन्दा धेरै मत पाएको छ ।

कूल ५ सय स्थान रहेको संसदमा फिउ थाइले सबैभन्दा धेरै अर्थात् १३७ सिटमा विजय हासिल गरेको छ भने पालङ प्रथा रथले ११८ सिट जितेको छ । थाइल्यान्डको संसदको तल्लो सदनमा ३५० जना प्रत्यक्ष निर्वाचित र १५० जना पार्टीबाट निर्वाचित गरी ५०० जना सांसद रहन्छन् भने माथिल्लो सदनमा २५० जना सेनाले मनोनीत गर्ने व्यवस्था छ ।

केही वर्ष अगाडि सेनाले नै बनाएको संविधानमा २५० जना सेनाले नै सांसद मनोनीत गर्ने व्यवस्था गरिएको हो ।पटक पटक सरेर भएको निर्वाचनको निष्पक्षता र वैधानिकता माथि भने विभिन्न क्षेत्रबाट अहिले पनि प्रश्न उठाइएको छ ।

केही स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकले मतदान र मतगणनामा त्रुटि रहेको दाबी गरेका छन् । उनीहरूले देशव्यापी रूपमा मतदातालाई लोभ, त्रास र प्रभावमा पारेको बताएका छन् ।

विवादका बीच नतिजा सार्वजनिक भएको छ । सात पार्टीले बुधबार सरकार गठनका लागि नयाँ गठबन्धन बनाएका छन् ।सबैभन्दा धेरै स्थानमा विजय हासिल गरेको फिउ थाई पार्टीकै नेतृत्वमा गठबन्धन बनेको हो । गठबन्धनले चाँडै नै सरकार बनाउने प्रयास गर्ने नेताहरूले बताएका छन् । सो गठबन्धनका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा सुदारात केयुराफानलाई अगाडि सारिएको छ ।

ट्याग -  शाही पदवी  

SUGGESTED ARTICLES

img
प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता हुन्छ : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विद्युतीय कारोवार ऐन खारेज गरी नयाँ प्रेस कानूनद्वारा प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पत्रकारहरुले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको जनाउँदै उक्त दफा खारेजीको माग गरिरहेको सन्दर्भमा मन्त्री बाँस्कोटाले सो कुरा बताउनुभएको

by RSS | Apr 18

img