mobile

सामाजिक सञ्जाल गुगल प्लस आजदेखि बन्द

By Anu Rana on Apr 03,2019 - 15:17

सामाजिक सन्जाल ‘गुगल प्लस’ मंगलबार बिहानबाट बन्द भएको छ । प्रयोगकर्ताले नरुचाएपछि गुगलले गुगल प्लस बन्द गरेको हो । सन् दुई हजार ११ मा फेसबुक र ट्विटरलाई चुनौती दिन गुगल प्लसको निर्माण गरिएको थियो । तर प्रयोगकर्तामाझ लोकप्रिय हुन नसकेपछि यो सधैका लागि बन्द भएको हो । गुगल प्लसलाई युट्युबमा जोड्ने प्रयास गरिए पनि प्रयोगकर्ताले यसलाई रुचाएका थिएनन् । सन् दुई हजार १८ मा यसका तथ्याङ्क चोरी भएको सार्वजनिक भएपछि गुगलले बन्द गर्ने निर्णय गरेको थियो । गुगल प्लसमा अन्य सामाजिक सञ्जालमा जस्तो लेख्न र तस्बिरहरू राख्न मिल्ने सुविधा थियो । गुगल प्लसलाई संसारको दोस्रो सबैभन्दा मूल्यवान ब्रान्डको असफल सामाजिक सञ्जाल मानिएको छ ।

यसलाई प्रयोगकर्ताले सुरुदेखि नै मन नपराउनुको साथै त्यसमाथि झन् यसका डाटाहरु चोरी भएको खुलासा भयो र गुगलले गुगल प्लस बन्द गर्ने घोषणा गरेको थियो ।

त्यसअघि यसलाई जोगाउने उपाय गुगलले ननिकालेको होइन । युट्युबमा प्रतिक्रिया लेख्न गुगल प्लस एकाउन्ट हुनैपर्ने नियम बनाइयो । त्यतिमात्रै होइन, गुगल प्लसमा उपनाम राख्न बर्जित थियो । यो नियम उल्लंघन गरेमा जिमेल नै बन्द हुने व्यवस्था मिलाइएको थियो ।

तर, पनि यो प्रयोगकर्ताको रुचिमा परेन र आलोचनाबाट पनि मुक्त भएन । त्यसैले गुगल प्लस बन्द गर्ने निष्कर्षमा गुगल पुग्यो । गुगलले अब आफ्नो इमेल एपका खास विशेषतालाई जीमेल एपसँग जोड्ने छ ।

त्यसअघि गुगलले ३० मार्चबाट युआरएल शर्टनर सर्भिस बन्द गरेको थियो । सन् २००९ बाट सुरु भएको शर्टनर टुलबाट कुनै पनि लामो लिंकलाई सजिलै छोट्याउन सकिन्थ्यो । तर यसलाई पनि प्रयोगकर्ताले रुचाएनन् । सेवा बन्द गर्नुअघि गुगलले आफ्ना प्रयोगकर्तालाई एफडीएल, बिट्ली जस्ता लिंक शर्टनर टुल प्रयोग गर्न सुझाव दिएको थियो ।

गुगलका झण्डै एक दर्जन सेवाहरु असफल भएर बन्द भइसकेका छन् । गुगल बज, गुगल डिक्सनरी, गुगल ल्याब्स, पिकनिक, जाइकू, गुगल रिडर, अर्कुट, पिकासा, क्रोमबुक पिक्सेल, गुगल अल्लो लगायतका सेवा बन्द भएका छन् ।

ट्याग -  सामाजिक सञ्जाल गुगल प्लस आजदेखि बन्द

SUGGESTED ARTICLES

img
फेसबुकले ल्यायो नयाँ फिचर, मेसेन्जरमा डार्क मोडको व्यवस्था,  

सामाजिक सञ्जाल फेसबुकले केही समय पहिला डार्क मोड फिचर ल्याएको थियो । तर त्यो फिचर केही देशमा परीक्षणका लागि भन्दै प्रयोगमा ल्याइएको थियो ।


by Anu Rana | Apr 17

img