mobile

मानसिक मृत्युको तीन महिनापछि सुत्केरी

By Anu Rana on Apr 03,2019 - 15:27

बच्चाका लागि आमाको जिम्मेबारी यति धेरै हुन्छ कि बाच्न त संघर्ष हुन्छ नै, मर्न पनि प्राकृतिक रुपमा पाउँदैनन् । यो कुराको पुष्टि पोर्चुगलमा हालैको एउटा घटनाले गरेको छ । ति आमाले मानसिक रुपमा मृत घोषित भएको तीन महिनापछि मात्र बच्चालाई जन्मदिएकी छिन तर उन्ले  बच्चालाई जन्म दिए लगत्तै उनको निधन भएको छ ।

ती ब्अन्तरराष्ट्रिय स्तरकी खेलाडी क्याथरिन सेकेरालाई वाल्यकालदेखि नै दमको समस्या थियो । डिसेम्बर महिनामा अत्यधिक दम बढेपछि उनलाई अस्पत्ताल भर्ना गरिएको थियो र उनि

कोमामा रहेकी थिन र उनलाई डाक्टरले ब्रेनडेथ घोषणा गरेको थियो । तर उनको मस्तिस्क मृत हुँदा उनको पेटमा १९ हप्ताको बच्चा हुर्कँदै थियो ।

डाक्टरले परिवारको सल्लाह अनुसार उनलाई ५६ दिनसम्म भेन्टिलेटरमा राखे, ता कि उनको गर्भको बच्चा हुर्किन सकोस् भनेर र गत बिहीबार बच्चालाई जन्म दिएपछि सेकेरालाई मृत घोषणा गरिएको हो ।

डाक्टरका अनुसार उनीहरुले बच्चालाई शुक्रबार जन्माउने सोचेका थिए । शुक्रबार नै ३२ हप्ता पूरा हुँदै थियो तर सेकेराको बिग्रदोँ अवस्थालाई हेरेर बच्चालाई बिहिबार नै जन्म दिइएको हो ।

पोर्चुगलमा ब्रेन डेड महिलाले बच्चालाई जन्म दिएको यो दोस्रो घटना हो । सेकेरा प्रतिभाशाली खेलाडी थिइन् । उनले देशको प्रतिनिधित्व गर्दै खेलेपनि सानै उमेरदेखि दमबाट पीडित थिइन् ।

अस्पतालको आचारसंहिता समितिका प्रमुख फिलिप अल्मेडाले बच्चालाई आमाको गर्भमा जिवित राख्नका लागि परिवारसँग सल्लाह गरेर नै निर्णय लिइएको जानकारी दिएका छन् ।

बच्चाका बाबु कुनै पनि मूल्यमा बच्चा जीवित रहोस् भन्ने चाहन्थे । बच्चाको तौल १ केजी ७ सय ग्राम रहेको छ र आगामी तीन सातासम्म अस्पतालमा नै राखेर उपचार गरिने छ ।

ट्याग -  मानसिक मृत्युको तीन महिनापछि सुत्केरी

LATEST NEWS

SUGGESTED ARTICLES

img