mobile

नेकपाको जिल्लास्तरको एकीकरण सम्पन्न

By RSS on Apr 03,2019 - 10:49

केन्द्रीयस्तरमा पार्टी एकता भएको लामो समयपछि नेपाल कम्युनिष्ट पाटी (नेकपा)ले इलाममा एकीकरण सकेको छ । नेकपाले मङ्गलबार बैठक बसेर जिल्लास्तरका पदाधिकारीको अन्तिम टुङ्गो लगाएको हो । नेकपाले इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिव गरी चार पदमा पदाधिकारी टुङ्ग्याएको छ भने प्रदेश र स्थानीयस्तरमा इञ्चार्ज र अध्यक्ष फरक–फरक पार्टीको पर्ने गरी मिलाइएको छ ।

नेकपाको पदाधिकारीमा प्रतिनिधिसभाका दुई क्षेत्रमा पूर्व एमालेका पदाधिकारी अध्यक्ष पदमा चुनिएका छन् भने प्रदेशमा चार प्रदेशमा दुई÷दुई वटामा एमाले र पूर्व माओवादी केन्द्रको भागबन्डा गरिएको छ । यस्तै स्थानीयस्तरमा भने ८१ वडामध्ये ५२ वडामा पूर्वएमालेका पदाधिकारी इञ्चार्जमा चुनिएका छन् भने बाँकी २९ वडामा पूर्वमाओवादी केन्द्रका पदाधिकारी इञ्चार्जमा चुनिएका छन् ।

नेकपाको प्रतिनिधिसभामा कमिटीमा क्षेत्र नं १ मा पूर्वएमालेका नेता टेकबहादुर राई र क्षेत्र नं २ मा पनि एमालेकै ओमनारायण खनाल अध्यक्षमा चुनिनुभएको छ भने क्षेत्र नं १ मा पूर्वमाओवादीका राजकुमार राई र क्षेत्र नं २ मा कुमार बराइली चयन हुनुभएको छ । यस्तै १० स्थानीय तहमध्ये तीन स्थानीय तहमा मात्र एमालेका पदाधिकारी इञ्चार्जमा चुनिएका छन् भने बाँकी सात स्थानीय तहमा माओवादीका पदाधिकारी चुनिएका छन् ।

नेकपा कार्यालय सचिव नवराज शङ्करका अनुसार इलाम नगरपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकामा मात्र इञ्चार्जमा एमाले चुनिएको छ भने बाँकी स्थानीय तहहरू देउमाई नगरपालिका, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजागमाई गाउँपालिका, रोङ गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा माओवादीका पदाधिकारी इञ्चार्ज चुनिएका छन् ।

ट्याग -  एकीकरण ,

LATEST NEWS

SUGGESTED ARTICLES

img