mobile

भुउपग्रह नष्ट गर्ने प्रविधि खतरनाक  

By Anu Rana on Apr 04,2019 - 12:14

अमेरिकी अन्तरिक्ष तथा हवाई निकाय ( नासा ) ले भारतको भूउपग्रह नष्ट गर्ने प्रविधि खतरानाक रहेको तथा यसले इन्टरनेसनल स्पेह स्टेसन ( आइएसएस ) लाई समेत खतरा रहेको जानकारी दिएको छ ।

नासाका प्रमुख जिम ब्रिडेन्स्टाइनले भारतको यस प्रविधि परिक्षणको कारण विगत दस दिन यता आइएसएससंग त्यसको भग्नावशेष ठोकिने संभावना बढेको बताएका छन् ।

तर उनले अझैसम्म आइएसएस सुरक्षितै रहेको तथा यदि आवश्यक परेको खण्डमा खतरा टाल्न पनि सकिने बताएक छन् । यस्तो प्रकारको प्रविधि परिक्षण गर्ने भारत विश्वको चौंथो मुलुकमा पर्दछ ।

गत २७ मार्चमा भारतिय प्रधानमन्त्री नरेन्द मोदीले मिसन शक्तिको परिक्षण घोषणा गरेका थिए । उनले यस ऐतिहासिक परिक्षणले भारतलाई ‘ अन्तरिक्ष शक्ति ’ को रुपमा स्थापित गरेको पनि जानकारी दिएका थिए ।

नासाका आफ्ना कर्मचारीहरुलाई सम्वोधन गर्दै ब्रिडेन्स्टाइनले यस्तो एन्टि स्याटेलाइट ( एस्याट ) हतियार परिक्षण भएकोमा कडा आलोजना गरेका छन् । यसैगरी उनले नासाले चार सय वटा कक्षिय भग्नावशेष पहिचान गरिसकेको र ६० टुक्राको व्प्यास दस सेमि भन्दा ठूलो भएको बताएका छन् ।

ति मध्ये २४ वटाले आइएसएस माथि खतरा पु¥याउन सक्ने बताइएता पनि  भरतले भने पृथ्विको सतह भन्दा ३ सय किमी माथी यसको परिक्षण गरिएकाले भग्नावशेषले आइएसएसलाई केहि फरक नपार्ने बताएका छन् ।

ट्याग -  भुउपग्रह , प्रविधि , खतरनाक  

LATEST NEWS

SUGGESTED ARTICLES

img