mobile

मातृभाषा शिक्षाको विस्तार गरिँदै

By RSS on Apr 04,2019 - 14:34

ललितपुर महानगरपालिकाले मातृभाषा शिक्षाको विस्तार गर्ने भएको छ । अहिले १० बाल विकास केन्द्र ९इसिडी० मा नेपाल भाषा रहेकामा आगामी दिनमा त्यसलाई विस्तार गर्दै जाने महानगरको योजना छ ।

आगामी दिनमा माथिल्ला कक्षासम्म मातृभाषालाई पढाइ गरिने नगर शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार सन्तानलाई मातृभाषामा पढाउन अभिभावकको चाहना बढ्दै जाँदा महानगरपालिकाले मातृभाषालाई विस्तार गर्न लागेको हो । उहाँले भन्नुभयो, “पहिलो चरणमा कम्तीमा एउटा वडामा एउटा हुने गरेर मातृभाषाको विद्यालयको शुरुआत हुनेछ ।”

महानगरभित्रका विद्यालयमा कुन कुन माध्यममा पढाउने भन्ने अभिभावकसँग छलफलसमेत अघि बढाइने महानगरले जनाएको छ । सामुदायिक विद्यालयमध्ये अधिकांशले अङ्ग्रेजी माध्यममा नै पढाउन थालेकाले माध्यमका बारेमा छलफल आवश्यक भएको उहाँले बताउनुभयो । विद्यार्थी आकर्षित गर्ने भन्दै अधिकांश सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यममा पढाइ शुरु गरे पनि कतिपय अभिभावक नेपाली त कतिपयले मातृभाषासमेत रुचाएका उहाँले जानकारी दिनुभयो । महानगरभित्र दुई सय दुई विद्यालय रहेकामा १८२ निजी र ४० सामुदायिक छन् । महानगरभित्र बाल विकास केन्द्रको सङ्ख्या ७४ छ ।(रासस)

ट्याग -  मातृभाषा शिक्षा ,

SUGGESTED ARTICLES

img
भारतमा पढ्ने नेपालीबाट गुम्यो रु छ करोड सेवा शुल्क

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीबाट शिक्षण शुल्क वापत् विदेशी मुद्रा सटही गर्दा लाग्ने सेवा शुल्क नलिँदा एक वर्षको अवधिमा मुलुकलाई रु साढे छ करोड राजश्व घाटा भएको छ । छिमेकी भारतमा उच्चशिक्षाका लागि अध्ययन गर्न जाने नेपाली विद्यार्थीबाट त्यस्तो शिक्षण शुल्कको एक प्रतिशतका लाग्ने सेवा शुल्क अशुल नगरिएको पाइएको हो ।


by RSS | Apr 18

img