mobile

ओप्पो ‘एफ११’ र ‘एफ११ प्रो’ नेपालमा सार्वजनिक गर्ने तयारी 

By Anu Rana on Apr 05,2019 - 14:33

ओपोले आफ्नो लोकप्रिय एफ सिरिज स्मार्टफोन अन्तर्गत ओपो एफ ११ र एफ ११ प्रो नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।  रियर क्यामेरा मार्फत ब्रिलियण्ट पोट्रेट लिन सघाउने सोचका साथ यसमा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली उपलब्ध गरिएको छ ।  नयाँ फोनमा एफ सिरिज मातहतका उत्कृष्ट सेल्फी फिचरका साथै एफ ११ मा विभिन्न नवप्रबर्तनात्मक प्रविधिहरु सहित नयाँ राइजिङ क्यामेरा, पानारोमिक स्क्रिन र स्लिक ग्राडियण्ट डिजाइन लगायत सुविधापनि उपलब्ध गरिएका छन् ।

कम्पनीका अनुसार फोनमा ४८ एमपी अल्ट्रा–क्ल्यिर ईमेज, कम प्रकाश भएका स्थानमा तस्वीरका लागि अल्ट्रा–क्लियर नाइट मोड र एफ सिरिजको अत्याधुनिक क्यामेरा प्रणाली उपलब्ध छन् ।

दुवै फोनमा अल्ट्रा–हाई स्ट्याण्डर्ड ४८ एमपी प्लस ५ एमपी डुअल रियर क्यामेरा प्रणाली जडान गरिएको छ । साथै पर्याप्त प्रकाशका लागि यसमा एफ १ ।७९ एपर्चर, बल बियरिङ क्लोज्ड लुप भीसीएम, ६ पी लेन्स र १,२ ।३ ईञ्च ईमेज सेन्सर्सपनि जडान गरिएको कम्पनीले जनाएको छ।

दिनको उज्यालोमा यी उपकरणले सहजै ४८ एमपी अल्ट्रा एचडी तस्विर खिच्न सक्छन् । कम प्रकाश भएका स्थानमा एफ ११ को टेट्रा सेल प्रविधिले चार एड्जासेन्ट पिक्सेलद्वारा संकलित डाटाको परिक्षण र सम्मिश्रण पश्चात १ ।६ माइक्रोमिटर बराबरको संयुक्त पिक्सेल निर्माण गर्छ । यसले फोटोसेन्सिटिभ पिक्सेलको आकारलाई दोब्बर बनाइ थप चहकिलो र कम न्वाइज सहितका नाइट पोट्रेट खिच्न सघाउँछ ।

एफ ११ र एफ ११ प्रो दुबैमा अल्ट्रा–क्लियर नाइट मोड र कलर म्यापिङ , विशेष स्मार्टफोन फोटोग्राफीकै लागि विकसित ओपोको सिष्टम लेभल अप्टिमाइजेशन सोल्युशन उपलब्ध गरिएको छ । यो प्रणालीले स्वचालित रुपमा खिच्न लागिएका दृष्यको पहिचान गरी निर्धारित अप्टिमाइजेशन सोल्यूनसंग मिलान गर्छ । अल्ट्रा–नाइट मोड मार्फत यसले पोट्रेट र ब्याकग्राउण्डको पहिचान गरी मुहारमा केन्द्रित हुँदै रातको समयमा खिचिएका पोट्रेटमा छालाको रंग मिलान गर्दै तस्विरलाई जीवन्तता प्रदान गर्छ ।

साथै, यसले बुद्धिमता पूर्वक समग्र न्वाइज घटाउने, अत्यधिक चमक भएमा हटाउने, गतिशील दायरामा सुधार गरी राती खिचिने तस्विरलाई थप स्पष्ट, प्राकृतिक र आकर्षक बनाउँनुको साथै हार्डवेयर र सफ्टवेयरको उत्कृष्ट समायोजन मार्फत ओपो एफ ११ र एफ ११ प्रोले अदृतिय क्यामेरा क्षमता प्रदान गर्दै, यूवा उपभोक्तालाई जगत् तथा आफ्ना अविस्मर्णिय क्षणहरु रेकर्ड गर्न समेत सक्षम तुल्याउँदछ ।

ट्याग -  ओप्पो ‘एफ११’ , ‘एफ११ प्रो’

SUGGESTED ARTICLES

img
अमेरिकामा साइबर संकटकालको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी अधिकार प्रयोग गर्दै विदेशी साइबर हमलाको अवस्थाबाट अमेरिकी कम्प्युटरलाई बचाउनका लागि राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार एक कार्यकारी आदेश जारी गर्दै राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।


by Anu Rana | May 20

img

Whoops, looks like something went wrong.