mobile

टिकटकमाथि प्रतिबन्ध लगाउन आदेश  

By Anu Rana on Apr 05,2019 - 16:42

यतिबेला विश्वभर सर्वाधिक चर्चा र प्रयोगमा आएको एव हो टिकटक । यसले रातारात कसैलाई स्टार बनाईदिएको छ भने आफनो अभिनय देखाउन र विभिन्न देशको कला संस्कृती र संगितको प्रचार गर्न पनि यो राम्रो माध्यम बनिरहेको छ । छोटो समयमा नै युवादेखि लिएर वयस्कहरुसम्म लोकप्रिय बनेको भिडियो  एप हो  टिक टक ।

यो ऐप अन्य स्थानको तुलनामा भारतमा निकै तीव्रताका साथ विस्तार भइरहको छ । तर यसमा असर पर्ने गरि एक दक्षिण भारतको एक अदालते निर्णय सुनाएको छ ।

मद्रास हाई कोर्टले भारत सरकारलाई यस ऐपमाथि प्रतिबन्ध लगाउन निर्देशन दिएको छ । अदालतले उक्त चिनियाँ ऐपले ‘आपत्तिजनक सामाग्री’हरुलाई बढावा दिइरहेकाले प्रतिबन्ध लगाउनुपर्ने फैसला गरेको हो ।

टिकटक एप डाउनलोड निषेध गर्नसमेत आदेशमा भनिएको छ। तामिलनाडुका सूचना प्रविधि मन्त्री एम मनिकन्दनले पनि टिकटकमाथि प्रतिबन्धका लागि केन्द्र सरकारसँग सहयोग माग गरेका छन्। समाजमा व्यवधान गर्ने सामग्रीलाई प्रोत्साहित गरिरहेको र भारतीय संस्कृतिलाई अवहेलना गरिरहेको भन्दै अदालतले टिकटक एपमाथि तत्काल प्रतिबन्ध गर्न भनेको छ।

भारतमा एक अर्ब ४ करोडले टिकटक प्रयोग गर्छन। टिकटक चीनमा निर्माण भएको म्युजिकल एप हो। 

ट्याग -  टिकटक ,

SUGGESTED ARTICLES

img
अमेरिकामा साइबर संकटकालको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी अधिकार प्रयोग गर्दै विदेशी साइबर हमलाको अवस्थाबाट अमेरिकी कम्प्युटरलाई बचाउनका लागि राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार एक कार्यकारी आदेश जारी गर्दै राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।


by Anu Rana | May 20

img