mobile

घुर्ने समस्याले तनाव त भएको छैन ? बानी हटाउने उपाय

By Anu Rana on Apr 07,2019 - 11:17

अक्सिजनको कमीले श्वास नलीमा अवरोध हुन गई सुत्ने बेलामा आवाज निस्कने गर्छ । त्यसलाई स्लिप एप्निया अथवा घुर्ने समस्या भन्ने गरिन्छ । घुर्ने समस्या भएका व्यक्तिका कारण घरपरिवार तथा छरछिमेकमा निकै तनाव हुने गर्छ। घुर्ने बानीलाई आजकाल स्वास्थ्य समस्याका रुपमै लिइदैंन ।

घुर्ने मानिसलाई तत्काललाई केही असर नगरेपनि उसंगै सुतेको मानिसको निद्रामा असर पर्छ । घुराईले स्वास्थ्यमा समेत दुष्प्रभाव पारिरहेको हुन्छ । यसको सिधा सम्बन्ध मुटुसम्बन्धी समस्याहरुसंग हुन्छ।

यसैले घुराईको बढी समस्या छ भने तत्काल डाक्टरको मद्धत लिइहाल्नुपर्छ । यद्यपि घुराईलाई घरेलु उपायको मद्धतले पनि हटाउन सकिन्छ ।

बेसारको प्रयोग

बेसारमा एन्टीसेप्टी र एन्टीबायोटिक गुण हुन्छ । बेसारको प्रयोगले नाकलाई सफा गर्न सहयोग गर्छ । सास लिन सजिलो हुन्छ । रातिमा सुत्नु अघि प्रत्येक दिन बेसारलाई दूधमा मिसाएर पिउने गर्दा पनि घुर्ने समस्याबाट केही हदसम्म बच्न सकिन्छ ।

अलैँची

अलैँचीको प्रयोगले खोकी र चिसो हटाउन औषधि मानिन्छ । अलैँचीको प्रयोगले श्वसन प्रणालीलाई खोल्ने काम गर्छ । अलैँचीको नियमित प्रयोगले सास फेर्नका लागि सहज बनाउँछ । राति सुत्नु अघि अलैँचीलाई मनतातो पानीमा भिजाएर पिउने गर्नाले पनि घुर्ने समस्याको उपचार हुन्छ । अलैँचीको प्रयोग सुत्नु भन्दा ३० मिनट अगाडि गर्नुपर्छ ।

पुदिनाको तेल

पुदिनामा धेरै महत्वपूर्ण तत्व हुन्छन् । जसले हाम्रो नाकका छिद्रहरूलाई क्रियाशील बनाउन सहयोग गर्छन् । पुदिनाको तेल तातो पानीमा २–३ थोपा राखेर त्यसको बाफ लिँदा नाकमा भएका समस्याहरू हट्ने गर्छन् । बाफ केही दिनसम्म नियमित रुपमा लिनु पर्छ ।

लसुन

लसुन अत्यन्तै गुणकारी मानिन्छ । नाकमा जम्मा भएको सिंगानलाई हटाउन लसुनको प्रयोगले धेरै सहयोग गर्ने आयुर्वेद चिकित्सकहरूले बताएका छन् । नाकबाट सास लिन समस्या भएका बेला लसुनको प्रयोगले त्यसलाई सहज बनाइदिने गर्छ । लसुनको पोटी फोकेर पानीमा भिजाएर त्यसको रस नियमित पिउँदा त्यसले घुर्ने व्यक्तिलाई उपचारमा मद्दत गर्छ ।

ट्याग -  घुर्ने समस्या

SUGGESTED ARTICLES

img
खानेकुराबाट २५० किसिमको रोग

रोगबाट जोगिन मानिसले खानेकुराको स्वच्छतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।


by RSS | May 16

img