mobile

माल्दिभ्समा शनिबार  संसदीय निर्वाचन  

By Anu Rana on Apr 07,2019 - 11:22

माल्दिभ्स्मा शनिवार संसदीय निर्वाचन भएको छ । पूर्व राष्ट्रपति अब्दुल्ला यमिनलाई जबरजस्ती हटाइएपछि पहिलो पटक निर्वाचन भएको हो । यस निर्वाचनमा पूर्वराष्ट्रपति मोहमद नशिद सबैभन्दा उच्च ओहदाका उम्मेदवार हुन् । गत सेप्टेम्बरमा भएको निर्वाचनमा नशिदकै पार्टीका अर्का नेता मोहम्मद इब्राहिम सोलिह विजयी भई यमिन पराजित भएपछि यमिनलाई निर्वासनमा हुनुहुन्थ्यो ।

सोलिहले निर्वाचनबाट उनको पार्टी माल्दिभीयन डेमोक्र्याटिक पार्टी (एमडीपी) अत्यधिक मतका साथ विजयी हुने दाबी गरेका छन ।  

'मैले जोड दिएर भन्न चाहन्छु कि नयाँ संसदमा पनि हाम्रो उपस्थिति सशक्त हुनेछ, त्यो संसदले आफ्नो निती र कामहरूलाई पूर्ण समर्थन गर्ने अपेक्षा गरिएको छ,' बिहीवार राति आयोजित चुनावी सभामा सोलिहले भनेका थिए । 

नयाँ संसदमा नशिदको नै सबैभन्दा मुख्य भूमिका हुने अनुमान गरिएको छ । पूर्वराष्ट्रपति यमिन शक्तिमा भएका बेला नशिदलाई विवादास्पद आतंकवाद सम्बन्धी मुद्धा लगाएर १३ वर्षे जेल सजाय सुनाइएको थियो ।

गत वर्ष राष्ट्रपति परिवर्तन भएपछि उनलाई दिएको जेल सजाय रद्द गरेर रिहा गरिएको थियो ।

सेम्टेम्बरमा भएको निर्वाचनको बेला तत्कालिन विपक्षी दलका नेताहरु जेलमा वा निर्वासनमा रहेका कारण सोलिहबाहेक अन्य विपक्षी नेताहरु चुनावी मैदानमा थिएनन् । सोलिह निर्वाचित भएपछि उनले राजनीतिक बन्दीहरूलाई तत्काल जेलमुक्त गराएका थिए । त्यही अनुसार नशिद जेलमुक्त भएका थिए । 

त्यो चुनावमा धाँधली भएको दाबी गर्दै तत्कालिन राष्ट्रपति यामिनले सुरुमा नतिजा अस्विकार गर्नु भएको थियो । तर अदालतले पनि निर्वाचनमा धाँधली नभएको फैसला गरेपछि उहाँ विपक्षी बन्न बाध्य हुनु भएको थियो । अहिलेको सलिह नेतृत्वको सरकारले यमिनलाई अनेक मुद्धा लगाएको छ । माल्दिभ्समा पछिल्लो समय एक अर्का प्रतिको प्रतिशोधको राजनीति चर्किदै गएकाले राजनीतिक स्थिरता कायम हुन सकेको छैन ।

ट्याग -  संसदीय निर्वाचन  

SUGGESTED ARTICLES

img
सविधान संशोधन तथा लाल प्रतिवेदन सार्वजनिक होस् : राजपा

राष्ट्रिय जनता पार्टीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उक्त पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गर्नुभएको हो ।


by RSS | May 21

img