mobile

अब यी स्मार्टफोनमा चल्नेछैन फेसबुक र इन्स्टाग्राम

By Anu Rana on Apr 07,2019 - 11:20

केही समयपछि नै कतिपय स्मार्टफोनमा फेसबुक, इन्स्टाग्राम तथा मेसेन्जर चल्नेछैनन् । यदि तपाइँसग पनि विन्डोज फोन छ भने मे महिनाबाट त्यसमा सोसल मिडिया सपोर्ट उपलब्ध हुनेछैन । यद्यपि थर्ड पार्टी एप वा वेबको प्रयोग गरी विन्डोज फोन प्रयोगकर्ताले सोसल मिडियाको प्रयोग भने गर्न सक्नेछन् ।

स्मरण रहोस् विन्डोज स्मार्टफोनको उत्पादन बन्द भैसकेको छ र माइक्रोसफ्टले पनि आफ्ना स्मार्टफोन लञ्च गर्न छाडिसकेको छ ।

पूराना विन्डोज फोनमा त ह्वाट्सएपको सपोर्ट पहिलेबाटै बन्द गरिसकिएको भएता पनि सबै खालका विन्डोज फोनमै ह्वाट्सएप सपोर्ट बन्द हुने अनुमान गरिएको छ।

माइक्रोसफ्टका अनुसार आगामी डिसेम्बरबाट विन्डोज फोनका लागि सेक्योरिटी अपडेट पनि उपलब्ध हुनेछैन । अर्थात् डिसेम्बरपछि विन्डोज फोनको प्रयोग गर्दा भाइरस आक्रमणको खतरा बेहोर्नुपर्नेछ ।

हालै सोसल साइट रेडिटमा एकजना प्रयोगकर्ताले इन्स्टाग्रामको एउटा सन्देशको स्त्रिम्नसट पोष्ट गरेका छन् । जसमा निकट भविष्यमै विन्डोज फोनमा इन्स्टाग्राम उपलब्ध नहुने उल्लेख गरिएको छ । त्यसमा भनिएको छ, ३० अपि्रलदेखि विन्डोज फोनमा इन्स्टाग्राम उपलब्ध हुनेछैन, यद्यपि वेब ब्राउजरबाट भने इन्स्टाग्राम प्रयोग गर्न सकिनेछ ।

विन्डोज फोनको अन्त्य २०१७ देखि नै भएको हो । चर्चित एप डेभलपर्सहरुले पनि विन्डोज फोनमा एप सपोर्ट पनि बन्द गरिसकेका छन् । अब विन्डोज फोनमा एप सपोर्ट बन्द गर्ने पालो फेसबुकको आएको छ । स्मरण रहोस् अहिलेपनि माइक्रोसफ्ट स्टोरमा फेसबुक, मेसेन्जर तथा इन्स्टाग्राम सबैभन्दा चर्चित एपको रुपमा रहेका छन् । 

ट्याग -  स्मार्टफोन , फेसबुक , इन्स्टाग्राम

SUGGESTED ARTICLES

img
अमेरिकामा साइबर संकटकालको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी अधिकार प्रयोग गर्दै विदेशी साइबर हमलाको अवस्थाबाट अमेरिकी कम्प्युटरलाई बचाउनका लागि राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार एक कार्यकारी आदेश जारी गर्दै राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।


by Anu Rana | May 20

img