mobile

मेन्स स्पोर्टस फिजिक च्याम्पियनशिप हुने

By RSS on Apr 07,2019 - 15:16

‘स्वास्थ्य नै धन हो’ भन्ने मूल नाराका साथ राजधानीमा पाँचौँ मिस्टर फिटनेस फस्र्ट तथा मेन्स स्पोर्टस फिजिक च्याम्पियनशिप प्रतियोगिता–२०७५ हुने भएको छ ।

फिटनेस फस्र्ट क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही चैत ३० गते उक्त च्याम्पियनशिप गरिने आयोजकका अध्यक्ष राजकुमार कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त प्रतियोगितामा विभिन्न पाँच वजन समूहमा प्रतिस्पर्धा हुनेछ । सोमा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७० केजी माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

हरेक समूहका विजेताले पदकसहित रु १० हजार तथा उपविजेताले रु पाँच हजार पाउनेछन् । त्यसैगरी तेस्रो हुने खेलाडीले रु तीन हजार नगद प्राप्त गर्नेछन् भने चौथो र पाँचाँैले ट्रफी पाउनेछन् । फिटनेस फस्र्ट प्रतियोगिताअन्तर्गत प्रत्येक समूहको विजेता टोलीबीच प्रतिस्पर्धा गराई समग्रमा पहिलो हुनेले मिस्टर फिटनेस फस्र्टको उपाधि दिइनेछ । उपाधि विजेताले रु ५० हजार पाउनेछन् ।

त्यस्तै मेन्स फिजिकमा १६५ सेमी मुनि र १६५ सेमी माथिका फरक फरक स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रत्येक उचाइ समूहका विजेताले रु १५ हजार तथा उपविजेताले रु पाँच हजार पाउनेछ । त्यस्तै तेस्रो हुने खेलाडीले रु तीन हजार पुरस्कार पाउनेछन् ।(रासस)

ट्याग -  मेन्स स्पोर्टस , फिजिक च्याम्पियनशिप

SUGGESTED ARTICLES

img
फुटबलको चर्चा तर पूर्वाधार निर्माणमा निराशाजनक वर्ष

यसैवर्ष दुईवटा घरेलु क्रिकेट प्रतियोगिताले नेपाली खेलाडीलाई केही राहत मिल्यो । अघिल्लो महीना पोखरामा सम्पन्न पोखरा प्रिमियर लिग र यसै महीना काठमाडौँमा सम्पन्न एभरेष्ट प्रिमियर लिगले नेपाली क्रकेटको दर्शक बढाउन सफल भयो । प्याराग्लाइडिङमा एतिहासिक रजत गत भदौमा इण्डोनेसियामा भएको एशियाली खेलकूद प्रतियोगिता (एसियाड) मा नेपालले २९ खेलमा भाग लियो ।


by RSS | Apr 15

img