mobile

लसुनको चिया पिउदा हुने यस्ता छन् फाइदाहरु………

By Anu Rana on Apr 08,2019 - 10:52

लसुन हामी हाम्रो भान्सामा तरकारी पकाउदा प्रयोग गर्ने गर्छौं । यसले खानाको स्वाद बढाउन मद्धत गर्छ । यो हाम्रो स्वास्थ्यको लागी निकै लाभदायक छ । यसलाई हामी चियाको रुपमा खान सक्छौं । यस कुराको जानकारी कमै मानिसलाई थाहा हुन्छ । यसको चिया खानु हाम्रो लागी निकै फाइदाजनक छ । लसुन र अदुवालाई पिसेर पानीमा उमाल्ने र पानि सेलाएपछि यसमा कागती र मह मिसाएपछि लसुनको चिया तयार हुन्छ । त्यसपछि हामी यसलाई पिउन सक्छौं ।

लसुन चियाले हामीलाई पुर्याउने फाइदाहरु यस प्रकार छ :

१)  बिहानबिहान लसुन चियाको सेवनले मानिसको शरीरको मेटाबोलिज्म ठिक पार्छ र पाचन तन्त्रले ठीकसँग काम गर्छ । लसुनको चियाले शरीरको अनावश्यक बोशोलाई कम गरेसंगै तौल नियन्त्रणमा रहन्छ ।

२) लसुनमा भिटामिनका साथसाथै ठूलो परिमाणमा मिनरल्स, जस्तै क्याल्सियम र म्याग्नेसियम आदि पनि पाइने हुनाले मानिसको हड्डीलाई बलियो बनाउँछ ।

३)  लसुनको चिया सेवन गर्नाले शरीरको प्रतिरोधक क्षमता बढ्छ ।

४)  लसुन एक एन्टिबायोटिक हो त्यसैले यसको चिया नियमित पिउनाले रुघा, खोकी, ज्वरो आदिले सताउँदैनन् ।

५) लसुनको चियाको सेवनले शरीरमा रक्तसञ्चार भई मुटुसम्वन्धी समस्याहरु उत्पन्न हुन दिँदैन ।

६)  लसुन एउटा राम्रो एन्टिअक्सिडेन्ट हो जसले फ्रि रेडिकल बन्नबाट रोक्ने काम गरी मानिसलाई क्यान्सर हुन सक्ने सम्भावना न्युन गर्छ ।

७) लसुनको चिया सेवन गर्नाले शरीरको प्रतिरोधक क्षमता बढ्छ । यसले तपाईं कुनै पनि रोगसँग लड्न सकिनेछ ।

८) लसुनमा भिटामिन ए, बि १, बि २ र सी अधिक मात्रामा पाइनछ । त्यसैले यसको चियाको सेवनले छालामा चमक आउँछ ।

९) लसुनमा भिटामिनका साथसाथै ठूलो परिमाणमा मिनरल्स, जस्तै क्याल्सियम र म्याग्नेसियम आदि पनि पाइन्छ । यसले हड्डीलाई बलियो बनाउँछ ।

ट्याग -  लसुनको चिया ,