mobile

‘विमान बङ्गलादेशको’ शौचालयबाट २३ किलो सुन बरामद  

By Anu Rana on Apr 09,2019 - 14:53

बङ्गलादेशको दोस्रो ठूलो चट्टोग्राम विमानस्थलमा विमानको शौचालयमा वेवारिसे अवस्थामा छोडिएका करिब २०० वटा सुनका सिक्का विमानस्थल भन्सार अधिकारीले सोमबार बरामद गरेका यहाँको सुरक्षा स्रोतले जानकारी गराएको छ ।

सुनको तौल २३ किलोभन्दा बढी भएको र सुनसँग कुनै व्यक्तिलाई पनि पक्राउ नगरिएको एक जना भन्सार अधिकारीले जानकारी दिएका हुन् ।

भन्सार गुप्तचर विभागका अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा सिन्ह्वा न्यूज एजेन्सीसँग भने, “हामीले विमान बङ्गलादेशको शौचालयमा छोडिएका २०० वटा सुनका सिक्कालाई बरामद गरेका छौँ ।”

“सुन शौचालयमा छोडिएको अवस्थामा बरामद भएको र यसबारे अनुसन्धान भइरहेकोले बिस्तृत विवरण पछि दिइनेछ,” उनले भने ।

विमान दुबईबाट आएको र स्थानीय समय अनुसार सोमबार बिहान ६ बजे बङ्गलादेशको राजधानी ढाकाबाट २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको चट्टोग्राम बन्दरगाह शहरस्थित विमानस्थलमा अवतरण भएको थियो ।अधिकारीका अनुसार उक्त सुनका सिक्काको मूल्य १४ लाख ३० हजार अमेरिकी डलर (दश कारोड टाका) बराबर भएको बताएका हुन ।

ट्याग -  सुन , विमान शौचालय ,

SUGGESTED ARTICLES

img
महिलालाई दुव्र्यवहार गर्ने आठ पक्राउ

धनुषामा एक दलित महिलालाई कपाल मुण्डनसहित कुटपिट गरेको आरोपमा धनुषा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहना बस्ने अन्दाजी ३४ वर्षीया स्थानीय एक मुसहर समुदायकी महिलालाई त्यही टोलकै केही पुरुषहरुले मिलेर दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रमुख शेखर खनालले भन्नुभयो, “गाउँलेहरु मिलेर कपाल मुण्डन गरी कुटपिट गरेका हुन् ।


by RSS | Today, 12:00 PM

img