mobile

सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुईको मृत्यु

By RSS on Apr 10,2019 - 12:34

बाँकेको कोहलपुरमा शौचालयको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा गए राति दुई मजदुरको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका–११ पिपल चौतारा नजिकै रामप्रसाद सिग्देलको घरमा रहेको शौचालयको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा कोहलपुर नगरपालिका–६ रझेना निवासी ५० वर्षीय कुमार थारू र चेतराम थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो ।

शौचालयको सेफ्टीट्याङ्की सफा गर्न भित्र छिरेका बेला निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो ।

शौचालयको सेफ्टीट्याङ्की फोडेर गए राति नै दुवैको शव निकालिएको छ । मृतकको शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको उहाँले बताउनुभयो ।रासस

ट्याग -  मृत्यु ,

SUGGESTED ARTICLES

img
मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी

मानिसको मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी रहेको मनोविद्हरुले बताएका छन् । साइक डेस्क फाउण्डेशन, द स्कूल अफ साइकोलोजी नेपाल र इण्डियन इन्स्टिच्युट अफ साइको ड्रामाको संयुक्त आयोजनामा काठमाडौँमा भएको साइको थेरापी तथा साइको ड्रामासम्बन्धी प्रशिक्षणका क्रममा विज्ञहरुले यस्तो बताएका हुन् ।


by RSS | Apr 19

img