mobile

‘म्युलर प्रतिवेदन अर्को साता सार्वजनिक हुन्छ’

By Anu Rana on Apr 10,2019 - 18:08

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रूसी हस्तक्षेप भएको आरोपबारे पूर्व संघीय अनुसन्धान प्रमुखसमेत रहेका रोबर्ट म्युलरले केही हप्ता पहिले अमेरिकी महान्यायाधिवक्ता बिल बारलाई बुझाएको प्रतिवेदन अर्को हप्ता सार्वजनिक हुने बताइएको छ ।

महान्यायाधिवक्ता बारले रिपोर्टलाई सामान्य सम्पादनपछि सर्वसाधारणसमक्ष पु¥याउने प्रतिवद्धता अनुसार मङ्गलबार उहाँले सो कुरा बताउनुभएको हो ।

 “एक हप्ताभित्र प्रतिवेदनलाई सर्वसाधारणका लागि सार्वजनिक गर्नसकिने अवस्थामा म पुग्नेछु,” बारले संसदीय एक समितिसमक्ष बताउनुभयो ।

विशेष कानून अधिकारी म्युलरले निर्वाचनमा रूसी प्रभावबारे गरेको अनुसन्धानको प्रतिवेदनलाई गत महिना सम्पन्न गरी महान्यायाधिवक्तालाई बुझाएका थिए । म्युलरले आफूलाई दिएको जिम्मेवारी सम्पन्न गरेको जनाएपनि यसको निक्र्योल भने प्रतिवेदनमा दिएका छन् । उनले अनुसन्धानका क्रममा भेटिएका रिपोर्टलाई जस्ताको तस्र्त उतारेर महान्यायाधिवक्तालाई दिएको बताएका थिए ।

 

ट्याग -  म्युलर प्रतिवेदन ,

SUGGESTED ARTICLES

img
जनताको आर्थिकवृद्धिमा सरकार कटिवद्ध ः मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले तराई मधेशमा जनताको आर्थिकस्तर वृद्धि गर्न सरकार कटिवद्ध रहेको बताउनुभएको छ । सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो स्कुल गेटदेखि उत्तरवाहिनी सडक कालोपत्रे योजना र बन्दिपुर–बस्तीपुर कर्जन्हा बजार अस्पताल मनहर्वा कालोपत्रे सडक योजनाको शनिबार शिलान्यास गर्नुहुँदै मन्त्री महासेठले तराई मधेशका जनताको आर्थिकस्तर उकास्दै विकासको लहर ल्याउन सरकारले योजनाअघि सारेको चर्चा गर्नु भयो ।


by RSS | Apr 21

img