mobile

गुणस्तरीय शिक्षामा लगानी गर्न महासचिव गुटेरेसको आग्रह  

By Anu Rana on Apr 10,2019 - 18:10

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गुणस्तरीय शिक्षामा लगानी बढाउन आग्रह विश्वका नेताहरु समक्ष गरनुभ्एको छ ।

आर्थिक तथा सामाजिक परिषद (इकोसोक)को युवा सम्मेलनको आठौँ सत्रको समापनका अवसरमा सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षामा लगानीको वातावरण बनाउन सके विश्वका युवाको जीवनमा नयाँ मोड आउनेछ भनुभयो ।

महासचिव गुटेरेसले गुणस्तरीय शिक्षाका क्षेत्रमा लगानी गरी युवा वर्गलाई बेरोजगार हुनबाट जोगाउनुपर्नेमा पनि जोड दिनुभयो । हाल विश्वमा युवावर्गको बेरोजगारी दर बढ्दै गएकोतर्फ चिन्ता व्यक्त गर्दै उहाले यस्तो अवस्थाको न्यूनीकरणका लागि शिक्षाका क्षेत्रमा लगानी बढाउनुको विकल्प नरहेको धारणा पनि राखनु भएको छ ।

हाल विश्वमा कम्तीमा ६ करोड ४० लाख युवा बेरोजगार रहेका, १ करोड ४५ लाख युवा गरिबीको चपेटामा रहेका तथा करिब ६१ करोड ७० लाख युवालाई सामान्य हिसाब पनि नआउने अवस्था रहेको महासचिव गुटेरेसले बताउनु भयो।

त्यसैगरी युवती पनि ठूलो संख्यामा शिक्षा र स्वास्थ्य जस्तो आधारभूत आवश्यकताबाट बन्चित हुन पुगेको उहाको भनाई थियो ।

उहाले युवाको तुलनामा किशोरीहरुलाई बिना ज्याला काममा लगाउने गरिएको र उनीहरुले बाँच्नकै लागि बाध्य भएर श्रम गर्नु परिरहेको पनि बताउनुभयो । महासचिव गुटेरेसले विश्वका कतिपय क्षेत्रमा किशोरीहरुलाई बिना ज्याला काम लगाइने र बेरोजगार युवतीको संख्या युवाको तुलनामा झण्डै दोब्बर रहेको बताउनु भएको छ । 

महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघले अघि सारेको दिगो विकाससम्बन्धी लक्ष पूरा गर्नका लागि पनि विश्वका देशहरु, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायले युवा लक्षित गुणस्तरीय शिक्षामा लगानी गर्न आग्रह गरनु भयो ।

 

ट्याग -  गुणस्तरीय शिक्षा , लगानी ,

SUGGESTED ARTICLES

img
सामुदायिक विद्यालयमा सुधार

जिल्लाका सामुदायिक विद्यालयको पठनपाठनमा सुधार आएको छ । स्थानीय तह र गैरसकारी संस्थाको समन्वयमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन भएपछि शैक्षिक अवस्थामा सुधार आएको हो । पढाइ राम्रो हुँदैन, शिक्षक योग्य हुँदैनन् भन्ने सोचले यहाँका अभिभावक छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएका थिए । विद्यालयमा हिजोआज विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा १७० सामुदायिक विद्यालय छन् ।


by RSS | May 21

img