mobile

बिजुलीको बाँध र सिँचाइका नहरले माछा घटे

By RSS on Apr 11,2019 - 17:09

नेपालमा निर्माण भएका जलविद्युत् आयोजनाका विशाल बाँध र सिँचाइ नहरका कारण माछाको सङ्ख्या द्रुत गतिमा घटिरहेको एक अध्ययनले देखाएको छ ।

एशियाली विकास बैंक (एडिबी) नेपाल आवासीय कार्यालयले दुई वर्ष लगाएर गरेको अध्ययनअनुसार नेपालका विभिन्न नदीमा निर्मित एवं निर्माणाधीन जलविद्युत् आयोजनाका बाँध र सिँचाइ परियोजनाका कारण जलचरको सङ्ख्या ह्वात्तै घटेको छ ।

कालीगण्डकी, मस्र्याङ्दी, मध्यमस्र्याङ्दी, कुलेखानी, खिम्ती र त्रिशूली जलविद्युत् आयोजना तथा बबई सिँचाइ परियोजनामा केन्द्रित रहेर गरिएको ‘नेपालका नदीमा बाँध र त्यसको माछामा असर’ विषयको अध्ययनले जलचर घटेका देखाएको हो ।

देशभरि २३३ बाँध निर्माण भएका र तिनमा माछाका निम्ति पर्याप्त खेल्ने र पौडनेस्थल अभावका कारण प्रजननमा समेत प्रभाव परेकाले जलचर संरक्षणतर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्ने आवश्यकता प्रतिवेदनले औँल्याएको छ । नेपालमा २३२ जातका प्रजातिका माछा पाइन्छन् ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले जलचर र पर्यावरण संरक्षणमा विकास–निर्माणका आयोजना ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।(रासस)

ट्याग -  माछा ,

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img

Whoops, looks like something went wrong.