mobile

आठौँ राष्ट्रिय बास्केट बल प्रतियोगिता शुरु

By RSS on Apr 11,2019 - 17:13

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत राष्ट्रिय बास्केट बल प्रतियोगिता आजदेखि दाङमा शुरु भएको छ । घोराही उपमहानगरपालिका–१८ नवपुरको सालघारी बास्केट बलको खेलकूद मैदानमा प्रतियोगिताको युवा तथा खेलकूद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले उद्घाटन गर्नुभयो ।

प्रतियोगितको उद्घाटन गर्दै उहाँले खेल क्षेत्रको विकासले युवालाई हौसलासँगै देशको पहिचान बढाउने काम गरेको बताउनुभयो । उहाँले खेलाडी र खेलसँग सम्बन्धित व्यक्तिहरुलाई खेलकूदको विकासका लागि थप मिहिनेत गर्न लागि आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताले दाङलाई खेलकूदमय बनाएको बताउनुभयो । कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डिल्ली डाँगी, जिल्ला बास्केट बल सङ्घका अध्यक्ष बिपिन केसी लगायतको सहभागिता रहेको थियो ।

आजदेखि शुरु भएको बास्केट बल प्रतियोगिता आगामी बैशाख ४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सात प्रदेशसँगै तीन विभागीय टोली गरेर दश टोलीको सहभागिता छ । प्रतियोगितामा दश वटा टोलीका दुई सय महिला र पुरुष खेलाडी आएका खेलकुद विकास समितिका कोषाध्यक्ष कैलाश रोकामगरले जानकारी दिनुभयो ।(रासस)

ट्याग -  बास्केट बल प्रतियोगिता ,

SUGGESTED ARTICLES

img
उप–प्रमुख महिला क्रिकेट हुने

जिल्लामा उप–प्रमुख कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदखेखि दोस्रो संस्करणको उपमेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।


by RSS | May 21

img