mobile

विकिलिक्सका संस्थापक असान्ज बेलायतमा गिरफ्तार 

By Anu Rana on Apr 15,2019 - 10:59

अन्ततः विकिलिक्सका संस्थापक जुलिआन आसान्जलाई बेलायती प्रहरीले पक्राउ गरेको छ । लन्डनस्थित इक्वेडरको दूतावासमा लुकेर बसेका आप्रवासीको मान्यता समाप्त गरेलगत्तै असान्जलाई त्यहाँको प्रहरीले पक्राउ गरिएको हो । ७ वर्ष देखि असान्ज त्यही बसिरहेका थिए । सन् २०१२ को अदालतको आदेशका आधारमा असान्जलाई गिरफ्तार गरेको बताइएको छ । असान्ज सन् २०१२ को अगष्टदेखि लन्डनस्थित इक्वेडरको राजदूतावासमा शरण लिएर बसेका थिए ।

खासगरी उनले अमेरिकी डाटाहरु सार्वजनिक गरेपछि अमेरिकाले उनलाई प्रतिबन्ध नै लगाएको थियो। स्वीडेनमा यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उनी लन्डनस्थित इक्वेडरको शरणमा पुगेका थिए । साथै असान्जले विश्वका सरकारका तर्फबाट हुने गुप्त पेजहरूलाई सार्वजनिक गरी तहलका मचाएको आरोप पनि रहेको छ । इक्वेडरको सरकारले असान्जलाई दिएको शरणार्थीको हैसियत फिर्ता लिएपछि बेलायती प्रहरी लन्डनस्थित इक्वेडरको दूतावास भित्र पसेर गिरफ्तार गरेको थियो । ४७ वर्षीय असान्ज दूतावासबाट निस्किन चाहेका थिएनन् ।

 

ट्याग -  विकिलिक्स , जुलिआन , प्रविधि

SUGGESTED ARTICLES

img
फेसबुकले ल्यायो नयाँ फिचर, मेसेन्जरमा डार्क मोडको व्यवस्था,  

सामाजिक सञ्जाल फेसबुकले केही समय पहिला डार्क मोड फिचर ल्याएको थियो । तर त्यो फिचर केही देशमा परीक्षणका लागि भन्दै प्रयोगमा ल्याइएको थियो ।


by Anu Rana | Apr 17

img