mobile

सुडानमा सैन्य कू, कर्फ्यु अवज्ञा

By Anu Rana on Apr 15,2019 - 11:01

सुडानमा सैनिक कू भएको छ । सैनिकले सत्ता आफ्नो नियन्त्रणमा लिँदै तीन दशकदेखि सत्तामा रहेका राष्ट्रपति ओमर अल बसिरलाई पक्राउ गरेको जनाएको छ । तर प्रदर्शनकारीले राजधानी खार्तुममा रातिको समयमा लगाइएको कर्फ्यु अवज्ञा गर्दै सडकमा उत्रिएका छन् ।

प्रदर्शनकारीहरुले सेनाका उच्च अधिकारी सम्मिलित सङ्क्रमणकालीन सैनिक परिषदलाई पनि अस्वीकार गरेका छन् । उनीहरुले पुरानै सत्ताको पुनरागमन भएकाले सैनिक नेतृत्वलाई स्वीकार्न नसकिने स्पष्ट गरेका छन् । राष्ट्रपति ओमरको विरोधमा पछिल्लो महिनादेखि प्रदर्शन गर्दै आएकाहरुले सैन्य शासन पनि ओमरको भन्दा फरक नहुने भन्दै सडकमा प्रदर्शन गरेका हुन् । सैन्य काउन्सिल पनि ओमरकै शासन सत्ता भित्रै रहेकाले त्यसको विरोध गरिएको प्रदर्शनकारीले उल्लेख गरेका छन् ।

तीन दशकदेखि बसिर नेतृत्वको सैनिक सरकारको बन्धकमा मुलुक रहेको भन्दै प्रदर्शनकारीहरुले लोकतान्त्रिक सरकार गठन नहुँदासम्म प्रदर्शनमा सहभागी हुन हजारौँ आमजनता प्रदर्शनकारी राजधानी देशको नयाँ सैन्य काउन्सिलले लगाएको कर्फ्यु तोड्दै राजधानी खर्तोउमको सडकमा उत्रिएका छन् । उनीहरुले प्रजातान्त्रिक शासनको ग्यारेन्टी नभएसम्म सडकमै बस्ने बताएका छन् ।

गत साता देखी सुडानको राजधानी सहर खार्तुममा प्रदर्शनकारीले प्रदर्शनका क्रममा राजधानी खार्तुमका अधिकांश पसल र कार्यालयहरु बन्द गरी नेसनल बिभन्न  मुख्यालयमा आगजनी गरेपछि कर्फ्यु समेत लगाइएको थियो। प्रदर्शनकारीले राष्ट्रपति ओमार अल–बासिरको राजीनामा मागेका छन्। खार्तुमसँगै सुडानको अर्को ठूलो शहर ओम्डुरमानमा पनि प्रदर्शन भइरहेका छन् ।

 शुक्रबारको प्रदर्शनका क्रममा राजधानी खार्तुमका अधिकांश पसल र कार्यालयहरु बन्द रहेका थिए ।

सुडानको द्वन्द्वको राजनीतिक समाधानका लागि राष्ट्रसंघ र संयुक्तराज्य अमेरिकाले धैर्य अपनाउन र नयाँ सरकार गठन हुँदा नागरिकको सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ ।

सुडानका अन्तिम निर्वाचित प्रधानमन्त्री सदिक अल–माहदीले प्रदर्शनकारीलाई सम्बोधन गर्ने अपेक्षा पनि गरिएको छ । निर्वासनबाट खार्तुम फर्किएपछि माहदीले आफ्नो उम्मा पार्टीसँग अरु साना दल र समूहलाई मिलाएर गठबन्धन तयार गरेका थिए । माहदीलाई सन् १९८९ मा बसिरले सैनिक बलबाट सत्ताच्यूत गरेका थिए ।

सन् २०११ मा सुडानबाट स्वतन्त्र भएयता दक्षिण सुडानले स्थायी सरकारका लागि संघर्ष गरिरहेको छ।

 

 

 

 

ट्याग -  सुडान

SUGGESTED ARTICLES

img
जनताको आर्थिकवृद्धिमा सरकार कटिवद्ध ः मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले तराई मधेशमा जनताको आर्थिकस्तर वृद्धि गर्न सरकार कटिवद्ध रहेको बताउनुभएको छ । सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो स्कुल गेटदेखि उत्तरवाहिनी सडक कालोपत्रे योजना र बन्दिपुर–बस्तीपुर कर्जन्हा बजार अस्पताल मनहर्वा कालोपत्रे सडक योजनाको शनिबार शिलान्यास गर्नुहुँदै मन्त्री महासेठले तराई मधेशका जनताको आर्थिकस्तर उकास्दै विकासको लहर ल्याउन सरकारले योजनाअघि सारेको चर्चा गर्नु भयो ।


by RSS | Apr 21

img