mobile

जनकपुरमा मृत अवस्थामा महिला फेला

By Anu Rana on Apr 15,2019 - 11:03

जनकपुरमा मृत अवस्थामा महिला फेला

जनकपुर उपमहानगरपालिका एक महिला मृत अवस्थामा फेला परेकी छन् । उपमहानगरपालिका वडा नम्वर ९ को अरगज्जा पोखरीको पूर्व उत्तर घाटमा मृत अवस्थामा एक महिलाको शव फेला परेको छ । 

पोखरीको घाट छेउमा महिलालार्इ देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका जिल्ला प्रहरी कार्यालय धनुषाले खबर पाएको बताएको छ । त्यसपछि प्रहरी आएर हेर्दा महिला मृत अवस्थामा रहेको पुष्टी भएको थियो ।

मृत महिला को र कहाँको हो पुष्टी हुन नसकेको बताएका छन् । कालो समीज र सुरूवाल लगाएकी मृत महिलाको रातो चप्पल पनि छेउ मै रहेको छ । अहिले घटनाबारे अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषका प्रहरी निरीक्षक उमाशंकर साहले बताउनु भयो ।

 

ट्याग -  जनकपुर , मृत महिला ,

LATEST NEWS

SUGGESTED ARTICLES

img