mobile

पुस्तक मेला चाहने चिनियाँ वयस्क ६७ प्रतिशत  

By Anu Rana on Apr 17,2019 - 15:45

चीनको ग्रामीण तथा शहरी क्षेत्रमा ६७ प्रतिशत वयस्कले पुस्तक मेलाप्रति रुची राख्ने गरेको पाइन्छ । पठन संस्कृतिका बारेमा तयार पारिएको एउटा राष्ट्रिय प्रतिवेदन अनुसार मंगलबार सार्वजनिक गरेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका हुन् ।

राष्ट्रिय प्रतिवेदन अनुसार  ६७ प्रतिशत बयस्कमा पुस्तक मेलासहित विभिन्न पाठ्य गतिविधिहरुमा रुची राख्नेहरुलाई पनि समेटिएको छ । चिनियाँ बयस्कमध्ये गत वर्ष सन् २०१८ मा ४ ।६७ प्रतिशतले छापिएको किताब पढ्ने गरेका छन् भने ३ ।३२ प्रतिशतले विद्युतीय किताब पढ्ने गरेका छन् ।

वार्षिक रुपमा केही किताब मात्रै पढ्ने गरेको ४० प्रतिशत बयस्कहरुले बताएका छन् । सर्वेक्षणका अनुसार १४ ।६ प्रतिशत वयस्कले आफ्नो पढाइप्रति असन्तुष्टी जनाएका छन् भने २६ ।३ प्रतिशतले सन्तुष्टी जनाएका छन् ।

यो सर्वेक्षण सन् २०१८ को अगस्तदेखि डिसेम्मबरसम्ममा गरिएको सर्वेक्षणकर्ताहरुले जानकारी दिएका छन् । सर्वेक्षणमा देशको २९ प्रदेशका १९ हजार ६८३ जना सहभागी भएका थिए ।

ट्याग -  पुस्तक मेला चाहने चिनियाँ वयस्क ६७ प्रतिशत  

SUGGESTED ARTICLES

img
विश्वविद्यालयका शाखा अझै दाङ आएनन्

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीका दुई शाखा अझै दाङ आएका छैनन् । सर्वोच्च अदालतले सांस्कृतिक अध्ययन केन्द्र र अनुसन्धान केन्द्रलाई केन्द्रीय कार्यालय भएकै स्थानबाट सञ्चानलनमा ल्याउन आदेश जारी गरेको नौ महीना बितिसक्दा पनि ती शाखा दाङबाट सञ्चालन हुन सकेको छैन । तर अबको केही समयपछि ती शाखाहरु दाङ ल्याउने तयारी थालिएको विश्वविद्यालयका शिक्षाध्यक्ष रमेश ढकालले बताउनुभयो ।


by RSS | May 17

img