mobile

रिपब्लीकन पार्टीबाट बिल वेल्डको उम्मेदवारी

By Anu Rana on Apr 17,2019 - 15:40

रिपब्लीकन पार्टीका तर्फबाट सन् २०२० को अमेरिकी राष्ट्रपतिका लागि बिल वेल्डले उम्मेदवारी दिएको घोषणा गर्नुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प नै रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवार हुने तयारी भइरहेका समयमा बिल वेल्डले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

विपक्षी डेमोक्र्याटिक पार्टीका तर्फबाट १८ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । म्यासाचुसेट्स राज्यका ७३ वर्षीय पूर्वगभर्नर बिल वेल्डले ट्विट गर्दै आफूले उम्मेदवारी दिनुभ्एको बताएका हुन् ।

राष्ट्रपति ट्रम्प पार्टीभित्र निकै लोकप्रिय भएकाले बिल वेल्डले पार्टीका तर्फबाट उम्मेदवारी पाउने सम्भावना कम रहेकोछ । तर यस उम्मेदवारीले पार्टीभित्र निराशा रहेको प्रष्टै देखिएको छ ।

रिपब्लीकन पार्टीभित्र ट्रम्पले विपक्षीमाथि जथाभाबी आलोचना गर्ने गरेको, रुसी राष्ट्रपतिसँग साँठगाँठ गरेको तथा भर्जिनियामा गोरा राष्ट्रवादीले गरेको आक्रमणप्रति नरम व्यवहार गरेको आरोप लगाइने गरेको छ ।

वेल्डको उम्मेदवारीबारे जारी भिडियो सन्देशमा “अमेरिकासँग विकल्प छन् र एउटा अझ राम्रो अमेरिका बनाउने अवसर हाम्रासामु छ ।”

सन् १९९१ देखि १९९७ सम्म गभर्नर हुँदा वेडले म्यासाचुसेट्स राज्यमा सन्तुलित बजेट ल्याएको, कर कटौती गरेको, भ्रष्टाचारमाथि कारबाही गरेको तथा जनकल्याणका कार्यहरुमा सुधार ल्याएको भन्दै उच्च प्रशंसा हुने गरेको छ ।

ट्याग -  रिपब्लीकन पार्टीबाट बिल वेल्डको उम्मेदवारी

SUGGESTED ARTICLES

img
अस्ट्रेलियामा मोरिसनको कन्जर्भेटिभ गठबन्धन बहुमतनजिक  

अस्ट्रेलियाको प्रधानमन्त्रीमा स्कट मरिसन पुनः निर्वाचित हुने भएका छन् । उनको नेतृत्वको गठबन्धनले सरकार बनाउनका लागि आवश्यक बहुमत ल्याउने करिब निश्चित भएकाले उनी पुनः प्रधानमन्त्री हुने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।


by Anu Rana | Today, 03:49 PM

img