mobile

सामुदायिक विद्यालय प्रविधिमैत्री

By RSS on Apr 17,2019 - 15:20

गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयले ‘डिजिटल स्कुल सफ्टवेयर’ सञ्चालनमा ल्याएको छ ।

पढाइको गुणस्तर सुधार र व्यवस्थापन चुस्त बनाउन ‘सफ्टवयर’ प्रविधि उपयोगी हुने विश्वास लिइएको छ । प्रविधिमैत्री वातावरण बनाउँदा विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्ने देखिन्छ । यहीबेला नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान चलिरहेको छ ।

‘सफ्टवेयर’मार्फत् विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावक एकापसमा जोडिनेछन् । पठनपाठन, आन्तरिक व्यवस्थापन र प्रशासनिक काममा प्रविधिको प्रयोग भएको प्रधानाध्यापक विष्णुप्रसाद गौतमले बताउनुभयो ।

प्रविधिको मद्दतमा विद्यार्थीको हाजिरी, व्यक्तिगत विवरण, शुल्क, लेखा व्यवस्थापन, अनलाइन गृहकार्य, नतिजा प्रतिवेदनलगायतको व्यवस्थापन हुने उहाँको भनाइ छ । ‘‘विद्यार्थी अनुपस्थित भए पनि अभिभावक कहाँ तुरुन्त मोबाइल सन्देश पुग्छ’’ प्रअ गौतमले भन्नुभयो,“सफ्टवेयरबाटै विद्यालयका हरेक गतिविधि र सूचना थाहा हुन्छ ।” विद्यार्थीको सिकाइ उपलब्धि र परीक्षाको नतिजा पनि मोबाइलमै हेर्न सकिनेछ ।

विद्यार्थी र अभिभावकको विवरण सफ्टवेयरमा राखेपछि सेवा सञ्चालनमा आउँछ । शिक्षक र अभिभावक दुवैले ‘सफ्टवेयर’ खाता प्रयोग गर्न सकिने सुविधा छ । विद्यालयले उत्पादकसँगबाट रु ५० हजारमा ‘सफ्टवेयर’ खरीद गरेको थियो ।

प्रविधिको प्रयोगले विद्यालयबाट सम्पादन हुने काम छरितो र व्यवस्थित हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर थापाले बताउनुभयो । विद्यालयलाई बदलिँदो समयअनुसार प्रविधियुक्त बनाउँदै लानुपर्नेमा उहाँको जोड छ ।

‘‘सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सबै उपाय प्रयोग गर्नुपर्छ’’ अध्यक्ष थापाले भन्नुभयो, “पढाइको राम्रो वातावरण दिन सकियो भने विद्यार्थी स्वतः आउँछन् ।” विसं २०२१ मा स्थापित विद्यालयले कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यममा पढाउन शुरु गरेको छ ।
विद्यालयले विद्यार्थी आकर्षित गर्न अभिभावक शिक्षा, घरदैलो र भर्ना अभियान चलाएको छ । कक्षा १० सम्म पढाइ हुने विद्यालयमा कक्षा ११ र १२ सञ्चालनको तयारी समेत अघि बढेको छ ।

ट्याग -  सामुदायिक विद्यालय ,

SUGGESTED ARTICLES

img
विश्वविद्यालयका शाखा अझै दाङ आएनन्

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीका दुई शाखा अझै दाङ आएका छैनन् । सर्वोच्च अदालतले सांस्कृतिक अध्ययन केन्द्र र अनुसन्धान केन्द्रलाई केन्द्रीय कार्यालय भएकै स्थानबाट सञ्चानलनमा ल्याउन आदेश जारी गरेको नौ महीना बितिसक्दा पनि ती शाखा दाङबाट सञ्चालन हुन सकेको छैन । तर अबको केही समयपछि ती शाखाहरु दाङ ल्याउने तयारी थालिएको विश्वविद्यालयका शिक्षाध्यक्ष रमेश ढकालले बताउनुभयो ।


by RSS | May 17

img