mobile

यो हप्ताको साप्ताहिक राशीफल  

By Anu Rana on Apr 25,2019 - 15:48

तपाईको  यो हप्ता कसरी वित्ने छ, जान्नुहोस (वि .सं . २०७६  वैशाख ८ देखि १४ गतेसम्मको साप्ताहिक राशिफल)

मेष (चुचेचोलालिलुलेलो)

मेष राशिका लागि यो साता मध्यम फलदायी देखिन्छ । सातोको सुरुम कार्य अवरोध हुने देखिन्छ । मंगलबारबाट ग्रहगोचर राम्रा देखिन्छन् । आर्थिक वृद्धि हुनुका साथै कार्य क्षेत्रमा पनि सफलता मिल्ने देखिन्छ । व्यवसायबाट लाभ नै हुने छ । स्वास्थ्यको क्षेत्रमा भने केही बाधा व्यवधान देखिन्छ । विद्याको क्षेत्र मध्यम छ ।

वृष  (,,,,बा,बि,बु,बे बो)

पारीवारिक भेटघाट बन्नेछ । प्रेम सुखमा वृद्धि एवं व्यवसायिक यात्रा हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा समस्या एवं काममा उल्झन आउनेछ । अधुरा काम रहनाले घाटा बेहोर्नुपर्नेछ । साताको अन्त्यमा भने धार्मिक यात्रा हुने, परोपकारमा मन जाने एवं भाग्यले साथ दिनाले काममा सफलता मिल्नेछ ।

मिथुन (का,कि,कु,,,,के,को,)

मिथुन राशिका लागि यो साता उत्तम फलदायी हुने देखिन्छ । काम बन्ने छन् । रोजगारीका क्षेत्रमा सफलता मिल्ने छ । व्यापार व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । मित्रजनबाट सरसहयोग प्राप्त हुने नै छ । स्वास्थ्यको क्षेत्रमा भने केही वाधा व्यवधान देखिन्छ । आर्थिक वृद्धिका साथै मान सम्मान मिल्ने देखिन्छ । अन्य क्षेत्र सबल छ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

कर्कट राशिका लागि यो साताको उत्तराद्र्ध विशेष फलदायी देखिन्छ । काम बन्नुका साथै नयाँ कार्यका अवसर पनि मिल्ने छन् ।काममा प्रशंसा मिल्नाले आत्मबल बढ्नेछ । साताको अन्त्यमा भने अवरोधको सिर्जना, ऋण लाग्ने एवं अरुको अपजस आफूलाई लाग्नेछ । 

सिंह (मा,मि,मु,मे,मो,टा टि,टु,टे)

पारीवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने व्यापारमा वृद्धि एवं सन्तानको प्रगति हुनेछ । श्रीवृद्धिको योग पनि देखिन्छ । साताको अन्त्यतिर कार्यमा अवरोधका साथै स्वास्थ्यमा केही प्रतिकूलता रहने देखिन्छ । अन्य क्षेत्रबाट सबल देखिन्छ ।

कन्या (टो,,पि,पु,,,,पे,पो)

कन्या राशिका यो साता मध्यम फलदायी देखिन्छ । काम बन्ने छन् । मित्र सहयोग प्राप्त हुनुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने छ ।साताको मध्यमा भने पारीवारिक मनमुटाव एवं स्वास्थ्यमा समस्या हुनेछ । साताको अन्त्यमा भने सम्पति कारोबार बढ्ने, छोराछोरीको सहयोग मिल्ने एवं कला साहित्यमा बिशेष रुचि जानेछ ।

तुला (,रि,रु,रे,रो,ता,ति,तु,ते)

तुला राशिका लागि यो साता मध्यम फलदायी देखिन्छ । स्वजनबाट खासै लाभ देखिदैन । रोग बढ्ने देखिन्छ । धार्मिक सामाजिक कार्यमा रुचि जाग्ने छ । काममा व्यस्ता बढ्ने एवं जिम्मेवारी थपिनेछ । साताको अन्त्यमा भने घरायसी वादविवाद बढ्ने एवं महिला वर्ग शत्रुता हुन सक्नेछ । 

वृश्चिक (तो,,ना,नि,नु,ने,नो,या,यि,यु)

वृश्चिक राशिका लागि यो साता अर्थकरी देखिन्छ । कार्यमा सफलता हात पर्ने छ । मित्र सहयो मिल्ने छ । धन बढ्नुका साथै रोजगारीका अवसर पनि मिल्ने देखिन्छ ।साताको अन्त्यमा भने व्यावसायिक यात्रा एवं वैदेशिक काममा शुभ समाचार मिल्नेछ । बन्धु वान्धवको सहयोगले अधुरा काम पुरा हुनेछ ।

धनु (ये,यो,,भि,भु,,फा,,भे)

आर्थिक व्यय बढ्नेछ । अनावश्यक खर्च हुनाले यात्राम सास्ती मिल्नेछ । साताको मध्यमा भने व्यवसाय फस्टाउने एवम धनसम्पति प्राप्ती हुनेछ । मित्र सहयोग मिल्नुका साथै पराक्रम बढ्ने देखिन्छ । मगलबार खर्च बढ्ने देखिन्छ । अध्ययनको क्षेत्र मध्यम फलदायी देखिन्छ । व्यापार व्यवसायबाट लाभ देखिन्छ ।

मकर (भो,,जि,खि,खु,खे,खो,गा,गि)

धनु राशिका लागि यो साता फलदायी देखिन्छ । नयाँ काम मिल्ने यो छ । सोचेका कार्य पूरा हुने छन् । मित्र सहयोग मिल्न नै छ । पराक्रम बढ्नुका साथै भौतिक क्षेत्रबाट विशेष लाभ देखिन्छ । साताको अन्त्यमा भने, रोजगारीमा सफलता एवम जागिरमा उन्नतिका साथै काममा मानसम्मान मिल्नेछ । 

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,)

सरकारी क्षेत्रमा फाइदा मिल्नेछ । ठुलाबडाले साथ दिनाले पदप्रतिष्ठामा वृद्धि हुनेछ । आम्दानीको श्रोत मिल्नाले तनाव कम हुनेछ । व्यापारमा फाइदा हुनाले धन सम्पति बढ्नेछ ।अध्ययनमा रुचि जाग्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ । व्यवसायको क्षेत्र मध्यम फलदायी छ । अन्य क्षेत्र मध्यम फलदायी देखिन्छ ।

मीन (दि,दु,,,,दे,दो,,चि)

भाग्यले साथ दिनेछ । धर्मकर्ममा रुचि जानेछ । सामाजिक एवं पारेपकार क्षेत्रमा संलग्ता बढ्नेछ । साताको मध्यमा भने कर्मको फल मिल्ने एवं पहिचान स्थापित हुनेछ ।व्यापारमा वृद्धि हुने छ । सन्तान सुख मिल्नुका साथै शत्रु पराजित हुने छन् । अध्ययनमा रुचि जाग्नुका साथै कार्यमा उल्लेख्य प्रगति हुने देखिन्छ ।

ट्याग -  साप्ताहिक राशीफल  

LATEST NEWS

SUGGESTED ARTICLES

img