mobile

यो हप्ताको साप्ताहिक राशीफल  

By Anu Rana on Apr 30,2019 - 16:49

तपाईको  यो हप्ता कसरी वित्ने छ, जान्नुहोस (वि .सं . २०७६  वैशाख १५–२१ गतेसम्म साप्ताहिक राशिफल)

मेष (चुचेचोलालिलुलेलो)

मेष राशिका लागि यो साता फलदायी रहनेछ । धन सम्पतिको कारोबार बढ्नेछ । आयश्रोतको पहिचान हुनाले व्यावसायिक काममा फाइदा मिल्नेछ । साताको मध्यमा भने स्वास्थ्यमा बाधा एवं फजुल खर्च हुनेछ । अनावश्यक विवाद बढ्ने एवं फाइदा अरुलाई जानेछ । साताको अन्त्यमा भने कार्य सुचारु हुने भाग्यले साथ दिने एवं पारिवारिक भेटघाट बढ्नेछ ।

वृष  (,,,,बा,बि,बु,बे बो)

वृष राशिका लागि यो साता अर्थकरी रहनेछ । धन आर्जन हुने, सम्पति बढ्ने एवम कृषि चौपायाबाट लाभ मिल्नेछ । सामान्य चोटपटकको भय भने रहनेछ । साताको अन्त्यमा भने यात्रामा समस्या एवं धन हानी हुनेछ । काममा व्यवधान आउनाले अपजसको भार पर्नेछ ।

मिथुन (का,कि,कु,,,,के,को,)

मिथुन राशिका लागि साता फलदायी देखिन्छ । सोचेका काम बन्ने छन् ।परोपकारमा मन जाने एवं विदेशबाट फाइदा हुनेछ । काममा राहत मिल्नाले राजनीतिक क्षेत्रमा पनि पहुँच बढ्नेछ । रोजगारीमा थप सुविधा एवं धन सम्पतिको योग देखिन्छ । सहयोगी हात मिल्नाले आम्दानी बढ्नेछ । आँटेको कुरा पुरा हुनाका साथै आकस्मिक लाभ पनि मिल्नेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

कर्कट राशिका लागि साताको उत्तराद्र्ध विशेष फलदायी रहनेछ । आरम्भमा कार्य अवरोध हुनुका साथै अपव्ययको योग देखिन्छ । साताको मध्यमा भने कार्यमा प्रगति देखिने एवं भाग्यले साथ दिनेछ । लामो यात्राको योग एवं विदेश सम्बन्धी काममा फाइदा मिल्नेछ । साताको अन्त्यमा प्रशंसा बढ्ने ठूलाबडा व्यक्तिसँग राम्रो सम्बन्ध बन्ने एवं पद प्रतिष्ठामा सुख बढ्ने देखिन्छ ।

सिंह (मा,मि,मु,मे,मो,टा टि,टु,टे)

सिंह राशिका लागि साता मध्यम फलदायी देखिन्छ । साझेदारी व्यापारमा फाइदा मिल्नेछ । दाम्पत्य मेलमिलाप हुने एवं व्यापार व्यवसाय फस्टाउनेछ । साताको मध्यमा भने बाधा व्यवधान आउने देखिन्छ । स्वास्थ्य प्रतिकुल रहनाले काम अधुरो रहनेछ । साताको अन्त्यमा भने अधुरा काम बन्ने परोपकारमा मन जाने एवं धार्मिक व्यस्तता बढ्नेछ ।

कन्या (टो,,पि,पु,,,,पे,पो)

कन्या राशिका लागि साता लाभदायी रहनेछ । सोचेका काम बन्ने छन् । मित्र लाभका साथै कान्ति वृद्धिको योग देखिन्छ । मुद्दा मामिलामा राहत मिल्ने एवं प्रेममा प्रगति देखिन्छ । वैवाहिक कार्यको व्यस्तता एवम व्यवसायिक यात्रा हुनेछ । साताको अन्त्यमा भने अचानक कार्यमा बाधा देखिने एवं स्वास्थ्यले साथ छोड्नेछ । फाइदा अरुलाई जानाले घाटा बेहोर्नुपर्नेछ ।

तुला (,रि,रु,रे,रो,ता,ति,तु,ते)

तुला राशिका लागि यो साता उन्नतिकारक रहनेछ । सोचेका काम बन्नेछन् । विद्यामा उन्नती हुनाले वौद्धिक क्षेत्रमा प्रगति मिल्नेछ । साथी भाइसँग मित्रता बढ्ने एवम खेलकुद र कला क्षेत्रमा रुचि जानेछ । साताको अन्त्यमा भने पारिवारिक मेलमिलाप एवं प्रेमी प्रेमिका बीच सुमधुर सम्बन्ध रहनेछ । यात्राको मज्जा मिल्नेछ ।  

वृश्चिक (तो,,ना,नि,नु,ने,नो,या,यि,यु)

वृश्चिक राशिका लागि साताको उत्तराद्र्ध विशेष फलदायी देखिन्छ । साताको आरम्भमा कार्य अवरोध हुनुका साथै खर्चबढ्ने देखिन्छ । अध्ययनमा पनि बाधा व्यवधान देखिन्छ । मंगलबारबाट कार्यमा प्रगति हुनुका साथै आर्थिक वृद्धि पनि हुने छ । पारिवारिक सुख मिल्नुका साथै मान सम्मान पनि प्राप्त हुने छ । कर्म क्षेत्रमा पनि उन्नति प्रगति हुने देखिन्छ ।

धनु (ये,यो,,भि,भु,,फा,,भे)

छोटो यात्राको अवसर मिल्नेछ । भाइबन्धुको साथ रहने एवं काममा जिम्मेवारी थपिनेछ । साताको मध्यमा भने पारिवारिक बोझ बढ्ने एवं चिसोले स्वास्थ्यमा समस्या निम्त्याउनेछ । साताको अन्त्यमा सन्तानबाट खुशी बढ्ने एवं व्यापारमा प्रगति देखिने तथा संगीत एवं कलामा रुचि र प्रगति हुनेछ ।

मकर (भो,,जि,खि,खु,खे,खो,गा,गि)

मकर राशिका लागि यो साता लाभदायी रहनेछ । काम बन्नुका साथै नयाँ कार्य प्राप्तिको योग रहेको छ । इष्टमित्रले सहयोग गर्नेछन् । धन सञ्चय बढ्नेछ । उत्साह, उमंग बढ्नाले काम छिटो सकिनेछ । साताको अन्त्यमा भने रिसको आवेग बढ्ने, अनावश्यक धन खर्च हुने तथा पारिवारिक वैमनस्यता आउनेछ । 

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,)

कुम्भ राशिका लागि यो साता अर्थकरी देखिन्छ । सोचेका काम बन्ने छन् । धार्मिक सामाजिक कार्यमा मन जाने छ । साथीभाइसँग भेटघाट एवं नयाँ मित्रसँग रमाइलो हुनेछ । साताको मध्यमा भने धन वृद्धि हुने, छर छिमेकको सहयोग मिल्ने तथा वाणीले साथ दिनेछ । साताको अन्त्यमा भने स्थान परिवर्तन हुने, भाइबन्धुको सहयोग मिल्ने तथा सानो यात्राको अवसर आउनेछ ।  

मीन (दि,दु,,,,दे,दो,,चि)

मीन राशिका लागि साता मध्यम फलदायी रहनेछ । सोमबारसम्म कार्यमा अवरोधका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ । मंगलबारबाट भने सुखद् रहने देखिन्छ । कार्यमा उन्नति हुनेछ । धनको क्षेत्र सबल देखिन्छ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुनेछ । मित्र सहयोग मिल्नुका सथै अध्ययनको क्षेत्रमा पनि प्रगति हुने देखिन्छ । शत्रु पक्ष भने सबल देखिन्छ । धर्मिक कार्यमा रुचि जाग्न्नुका साथै यात्राको योग पनि देखिन्छ ।

ट्याग -  साप्ताहिक राशीफल  

SUGGESTED ARTICLES

img
‘व्यावहारिक बजेट ल्याउनुपर्छ’

अर्थविद्हरुले व्यावहारिक बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । उनीहरुले अबको बजेटमा औद्योगिकीकरण र सामाजिक रुपान्तरणमा जोड दिनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँहरुले भन्नुभयो, “आगामी निर्वाचनलाई ध्यानमा राखी पपुलिष्ट बजेट ल्याउनुुहुँदैन् । त्यस्तो बजेटले देशमा आर्थिक समृद्धि हासिल हुँदैन् । खर्च गर्न नसकिने ठूलो आकारको बजेट आवश्यक छैन ।”


by RSS | May 16

img