mobile

के हो पार्किन्सन्स रोग ?

By Anu Rana on Apr 30,2019 - 16:39

पार्किन्सन्स रोग बारे हामी धेरैलाई थाहा छैन । यो रोग पहिले उमेर पुगेका मानिसमा मात्र लाग्छ भन्ने भ्रम थियो । यसलाई मानिसहरूले प्यारालाइसिससँग दाँज्ने गर्थे । तर, पछिल्लो समय यो रोग युवामा पनि देखिन थालेको छ । बदलिदो जीवन शैलीसंगै यो रोगका बिरामी बढ्दै गएका छन् । सुरुमा रोगको लक्षण थाहा पाउन गाह्रो भए पनि यसको उपचार नेपालमा गर्न सकिन्छ ।

पार्किन्सन्स रोग विशेषगरी ३५ वर्ष देखि ६० वर्ष उमेर समूहका मानिसमा बढेको छ । यो रोग कलिलै उमेरमा पनि देखा पर्न थालेको छ । पार्किन्सन्स रोग विशेषगरी डोपामिन भन्ने तत्वको कमीले लाग्ने गर्छ । दिमागको एउटा कोषिकाले डोपामिन नामक तत्व बनाउने गर्छ । यसले शरीरमा लचकता ल्याउनुका साथै शरीरलाई चुस्त राख्न मद्दत गर्छ । त्यसैले यसलाई मोटर डिजिज पनि भनिन्छ ।

पार्किन्सन्स रोग एकपटक लागेमा निको हुन धेरै गाह्रो पर्छ । विश्वमा पर्किन्सन्स रोग कूल जनसंख्याको एक प्रतिशतलाई रहेको अनुमान छ । नेपाल सरकारले यो रोग लागेका बिरामीहरुलाई उपचारमा सहयोग भन्दै रु एकलाख उपलब्ध गराउने घोषणा गरेको छ ।

शनिवार काठमाडौँमा पार्किन्सन्स रोगबारे जनचेतना जगाउन एक दौडको आयोजना गरिएको छ । पार्किन्सन्स सपोर्ट फाउन्डेसन, रोटरी क्लब र मेडिसिटि अस्पतालले संयुक्त रुपमा आयोजना गरिएको दौडमा पार्किन्सन्स रोग लागेकाहरु पनि दौडिए । यसरी डौडिनेमा एक थिए गायक तथा संगीतकर्मी यमन श्रेष्ठ । परिवारमा हौशला र माया भए पार्किन्सन्स रोगीको रोग सँग लड्न सक्ने क्षमता बढ्ने र निको हुदै जाने यमन श्रेष्ठले बताए । विश्वमा पर्किन्सन्स रोग कूल जनसंख्याको एक प्रतिशतलाई रहेको अनुमान छ । सरकारले यो रोग लागेका बिरामीहरुलाई उपचारमा सहयोग भन्दै एकलाख उपलब्ध गराउने घोषणा गरेको छ ।

के हो पार्किन्सन्स रोग ?

पार्किन्सन्स रोगलाई पहिला बुढ्यौलीको रोग मानिन्थ्यो। तर हिजोआज उल्लेख्य सङ्ख्यामा युवाहरूमा पनि यो रोग देखिएको छ।

धेरै थकान लाग्ने, अरुले भने कुराहरु बिर्सिने, शरीर नियन्त्रण गर्नै नसक्ने, शौचालयको पेनमा बस्न गाह्रो हुने, बोली लरबराउने, गला अवरुद्ध हुने, एक्लै डर लाग्ने निद्रामा बोलिरहने, चिच्याउने, निहुरिएर काम गर्न नसक्ने, शरीर कामेको वा हल्लिएको जस्तो महसुश हुने पार्किन्सन्सका प्रमुख लक्षण हुन् । यो रोग कीटनाशक औषधिको प्रयोग गर्नेहरूमा पनि बढी देखिने गरेको पाइन्छ । त्यसबाहेक बक्सिङ्ग खेलाडीहरूमा पनि यो रोग बढी मात्रामा देखिन्छ ।

पार्किन्सन्स हुँदा बिस्तारै मस्तिष्कमा क्षय हुँदै जान्छ र शरीर काम्ने, हिँडडुल गर्न गाह्रो हुने र अन्ततः विस्मृति हुने जस्ता समस्या देखिन्छन्। हाल उपलब्ध उपचारपद्धतिले लक्षण व्यवस्थापन गर्न मात्र सक्छ। मस्तिष्कका कोष मर्दै जाँदा रोगीको स्थिति झन् गम्भीर हुँदै जान्छ। कुनै औषधिले पनि यो रोग निको पार्न सक्दैन।

ट्याग -  पार्किन्सन्स रोग

SUGGESTED ARTICLES

img
खानेकुराबाट २५० किसिमको रोग

रोगबाट जोगिन मानिसले खानेकुराको स्वच्छतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।


by RSS | May 16

img