mobile

ढाड दुख्ने समस्या छ ? कपुर हुनेछ अचूक औषधि  

By Anu Rana on Apr 30,2019 - 16:34

कपुरको प्रयोग पूजापाठको लागी धेरैले प्रयोग गर्ने गरेका छन् । यसलाई औषधिको रुपमा सहि तरिकाले प्रयोगमा ल्याउन सकिएमा विभिन्न बिरामीको उपचार सजिलै गर्न सकिन्छ ।

यदि कसैलाई दम रोगमा यो अचूक औषधि साबित हुनेछ । एक भाग फुराएको हिङमा एक भाग कपुर मिसाएर केराउको दाना जत्रो गोली बनाउने र दुई–दुई गोली तातो पानीसँग बिहान–बेलुका सेवन गर्ने तथा तारपिनको तेल टातीमा लगाउनाले दम रोग केही महिनामा नै ठीक हुन्छ ।यस्तै ढाड दुखेमा पनि यसले फाइदा गर्दछ ।

दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ठीक हुन्छ ।

यसको साथै कपुरको महत्वपूर्ण फाइदा पनि छ।

१. पुरानो खोकीमा

सूठो, पिप्ला र मरिच एक्एक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने एक्एक गोली दिनमा  तीन–चार पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ ।

२.खोकी लागेमा

साधारण खोकीमा कपुरको धूवाँ बालेर सुँघ्नाले ठीक हुन्छ ।

३.आउँ बाथ भएमा

दुई चक्की कपुर र आधा चम्चा सूठो एक ग्लास पानीमा पकाएर खाने बेलामा खाने गरेमा जीर्ण, आउँ, बाथ सबै ठीक हुन्छ ।

४. पुरानो बाथमा

एक डाडु रायोको तेलमा एक चम्चा कपुर तताएर मालिस गर्दा पुरानो गठिया बाथ आदि ठीक हुन्छ ।

५. निद्रा नलाग्नेमा, मुर्छा पर्ने रोगमा

फुराएको हिङ एक भागमा कपुर एक भाग मिसाएर केराउ जत्रो गोली बनाएर दुई्दुई गोली तातोपानीसंग खाँदा निद्रा लाग्छ र उन्माद् मुर्छा पनि ठीक हुन्छ ।

ट्याग -  ढाड दुख्ने समस्या छ , कपुर हुनेछ अचूक औषधि