सामसङ नेपालले ग्यालेक्सी ए ७० नेपाली बजारमा ल्याएको छ। यो ग्यालेक्सी ए मध्येको पाँचौं स्मार्टफोन हो।
ए सिरिजको पाँचौं यो स्मार्टफोनमा विभिन्न फिचरहरु समावेश गरिएको छ। यस फोनमा पछाडिपट्टि ३२ मेगापिक्सेलको सहितको ट्रिपल क्यामरा २५ वाटको सुपर फास्ट चार्जिङ्ग फिचर तथा ४५०० मिलि एम्प आवरको ब्याट्री रहेको कम्पनीले जनाएको छ।
एण्ड्रोइड पाइ अपरेटिङ सिस्टम रहेको ए ७० को मूल्य नेपाली बजारमा ४७ हजार ९ सय ९० रुपियाँ तोकिएको छ। यो सिरिजको स्मार्टफोन नीलो र कालो रंगमा उपलब्ध हुनेछ। ए ७० स्मार्टफोन मे १ देखि बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
ग्यालेक्सी ए पावरफुल डिभाइस हो, जुन डिजिटल प्रेमीहरुको व्यस्त जिन्दगीको लागि भनी विकास गरिएको बताइएको छ। आफ्ना अनुभवहरु साटासाट गर्न तथा लामो समयसम्म कनेक्ट रहनसक्ने क्षमता यस फोनमा रहेको छ।
ट्याग -
सामसङको ग्यालेक्सी 'ए ७०' नेपाली बजारमा