mobile

भारतको अन्तरिक्ष यान सेप्टेम्बर ६ मा चन्द्रमा पुग्ने

By Anu Rana on May 03,2019 - 14:38

भारतले आगामी सेप्टेम्बरमा चन्द्रमामा आफ्नो अन्तरिक्ष अभियान अवतरण गर्ने भएको छ । भारतको अन्तरिक्षसम्बन्धी अनुसन्धान संगठन इस्रोले जनाएअनुसार आगामी जुलाईमा अन्तरिक्षतर्फ प्रक्षेपण गरिने चन्द्रयान–२ नामक अन्तरिक्ष अभियान अन्तर्गतको रोबरले सेप्टेम्बर महिनामा चन्द्रमाको सतहमा अवतरण गर्नेछ ।

यससँगै भारत चन्द्रमामा सफलतापूर्वक अवतरण गर्ने चौथो मुलुक बन्न सफल हुनेछ । यसअघि रुस, अमेरिका र चीनले मात्रै चन्द्रमामा आफ्ना अभियानको सफल अवतरण गरेका थिए भने हालै इजरायलले चन्द्रमामा  पु¥याएको अभियानको अवतरण प्रयास असफल भएको थियो ।

चन्द्रयान–२ लाई यसअघि अप्रिल महिनामा चन्द्रमातर्फ प्रक्षेपण गर्ने भनिएको थियो तर प्राविधिक गडबडीका कारण त्यसलाई पछि सारेर आगामी जुलाईको ९ तारिख देखि १६ तारिखभित्र श्रीहरिकोटामा रहेको सतिश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिने इस्रोले जनाएको छ । यससँगै यानमा राखिएको प्रोब सेप्टेम्बर महिनाको ६ मा चन्द्रमाको सतहमा अवतरण हुने पनि जानकारी दिएको हो ।

चन्द्रमाको सतहमा अवतरण हुने भारतीय प्रोबले यसअघि अनुसन्धान नगरिएको चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेर अनुसन्धान गर्ने इस्रोले जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा १ अर्ब वर्ष पुराना चट्टानहरु रहेको र ती चट्टानलाई आणविक उर्जाको श्रोतको रुपमा प्रयोग गर्न सकिनेबारे अध्ययन केन्द्रित हुने जनाइएको छ ।

भारतले यसअघि सन् २००८ मा चन्द्रयान–१ नामक आफ्नो पहिलो चन्द्र अभियान प्रक्षेपण गरेको थियो । चन्द्रमाको परिक्रमा गरी अनुसन्धान गर्नेगरी प्रक्षेपण गरिएको उक्त अभियानसँग ग्राउण्ड स्टेशनको सम्पर्क ३ सय १२ दिन पछि टुटेको थियो ।

ट्याग -  भारतको अन्तरिक्ष यान सेप्टेम्बर ६ मा चन्द्रमा पुग्ने

SUGGESTED ARTICLES

img
अमेरिकामा साइबर संकटकालको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी अधिकार प्रयोग गर्दै विदेशी साइबर हमलाको अवस्थाबाट अमेरिकी कम्प्युटरलाई बचाउनका लागि राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार एक कार्यकारी आदेश जारी गर्दै राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।


by Anu Rana | May 20

img