mobile

डेङ्गुले श्रीलङ्कामा १५ को मृत्यु, १५ हजार प्रभावित

By Anu Rana on May 05,2019 - 10:14

श्रीलङ्कामा फैलिएको डेङ्गुका कारण १५ जनाको मृत्यु भएको छ । अरु १५ हजार भन्दा बढी प्रभावित भएका छन् ।  सन् २०१९ को पहिलो चार महिना त्यति डेङ्गुको त्यति विरामी देखिएको इपिडिमियोलोजी इकाईले शुक्रबार जनाएको छ ।

गत अप्रिल ३० सम्ममा कुल १५ हजार ४०७ जना डेँगुबाट प्रभावित भएको र तीमध्ये सवैभन्दा धेरै कोलम्बो जिल्लाका तीन हजार ४०५ जना रहेका छन् । चिकित्सा विज्ञहरुका अनुसार उच्च ज्वरो, अनियन्त्रीत वान्ता, शरिरका विभिन्न ठाउँमा दुखाई, कमजोरी महशुष हुने लगायतका लक्षण डेङ्गु भएका बेला देखिन्छ ।

डेङ्गुका कारण गत वर्ष ५० भन्दा बढीको मृत्यु भएको थियो भने ४८ हजार भन्दा बढी विरामी भएका थिए ।

ट्याग -  डेङ्गुले श्रीलङ्कामा १५ को मृत्यु , १५ हजार प्रभावित

LATEST NEWS

SUGGESTED ARTICLES

img