mobile

यो हप्ताको साप्ताहिक राशीफल  

By Anu Rana on May 05,2019 - 15:39

तपाईको  यो हप्ता कसरी वित्ने छ, जान्नुहोस (वि .सं . साप्ताहिक राशिफल २०७६ वैशाख २२–२८ गतेसम्म राशिफल)

मेष (चुचेचोलालिलुलेलो)

मेष राशिका लागि यो साता लाभदायी रहनेछ । आकस्मिक यात्रा गर्दा आर्थिक लाभसमेत हुने सम्भावना छ । राज्यस्तरबाट महत्वपूर्ण अवसर प्राप्त हुनेछ । सभा–सेमिनार आदिमा सहभागी हुने अवसर प्राप्त होला । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । साताको अन्त्यमा स्वास्थ्यमा केही समस्या देखा पर्न सक्ने देखिन्छ ।

वृष  (,,,,बा,बि,बु,बे बो)

वृष राशिका लागि यो साता विशेष फदायी रहनेछ । परिस्थितिअनुसार चल्न नसक्दा अवसर गुम्ने खतरा छ । सोमबारपछि स्थितिमा सुधार आउनुका साथै गुमेको स्थान प्राप्त हुन सक्छ । मनोरन्जन तथा जलक्रीडा गर्दा स्वास्थ्यको ख्याल राख्नुपर्नेछ । घरायसी व्यवहारको किचलोबाट टाढा रहनु नै उचित हुन्छ । मंगलबार र बुधबार खर्चमा वृद्धि हुने देखिन्छ । विद्याको क्षेत्र बलवान छ । पराक्रम बढ्नुका साथै व्यवसायबाट विशेष लाभ हुनेछ ।

मिथुन (का,कि,कु,,,,के,को,)

सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त भै बाधाहरू स्वतः फुकुवा हुनेछन् । परिश्रमअनुरूप फल पाइनेछ । सोमबारसम्म कार्यमा अवरोध रहनुका साथै खर्चमा वृद्धि हुनेछ । मंगलबारबाट भने शुभ रहने देखिन्छ ।  प्रतियोगिताहरूमा आफ्नो भूमिका अग्रणी हुनेछ । साताको अन्त्यमा नाम, दाम तथा इनाम हात पर्न सक्छ । 

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

कर्कट राशिका निम्ति यो साता लाभदायी रहनेछ । आर्थिक वृद्धि हुनेछ ।असहज परिस्थितिलाई आत्मसात् गर्दा आकस्मिक लाभ हुन सक्छ । विशेष भेटघाटको फाइदा उठाउँदै प्रतिष्ठित कार्य प्रारम्भ गर्ने अवसर प्राप्त हुनेछ ।  मंगल र बुधबार खर्च बढ्नुका साथै कार्यमा अवरोध रहने देखिन्छ । साताको अन्त्यमा पश्चिमतर्फको यात्रा लाभदायक देखिन्छ ।

सिंह (मा,मि,मु,मे,मो,टा टि,टु,टे)

सिंह राशिका लागि यो साता उत्तम फलदायी रहनेछ ।प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष उपलब्धि हात पार्ने समय छ । अभिभावकहसँग सामान्य खटपट हुनसक्छ भने आफ्ना कमजोरीप्रति उहाँहरूको गुनासो बढ्न सक्छ ।  बिहीबारबाट स्वास्थ्यको विशेष ख्याल राख्नु राम्रो हुनेछ ।साताको अन्त्यमा राम्रै आम्दानी गर्ने अवसर जुर्नेछ ।

कन्या (टो,,पि,पु,,,,पे,पो)

कन्या राशिका लागि यो साता विशेष फलदायी रहनेछ । कार्यमा प्रगति हुँदै जाने छ । मित्रवर्ग स–साना त्रुटि औंल्याउँदै टाढिन सक्ने सम्भावना छ । मनोरञ्जन तथा भोजभतेरमा विदेशी पहुनासँग भेटघाट हुने सम्भावना छ । राति सवारी साधन चलाउँदा संयमित रहनुहोला । साताको अन्त्यमा भने कार्यमा बाधा व्यवधान आइपर्न सक्ने देखिन्छ ।

तुला (,रि,रु,रे,रो,ता,ति,तु,ते)

तुला राशिका लागि यो साताको सुरुमा केही खर्च बढ्ने देखिन्छ । शुभचिन्तकहरूले विविध क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राख्नेछन् । अन्य मुलुकमा समेत लगानी गरी आम्दानीको मार्ग पहिल्याउन साथीहरूबीच मत मिल्नेछ । साताको मध्य भाग विशेष फलदायी रहने देखिन्छ । शत्रु पराजित हुने छन् । धार्मिक सामाजिक कार्यमा रुचि जाग्ने छ ।

वृश्चिक (तो,,ना,नि,नु,ने,नो,या,यि,यु)

वृश्चिक राशिका लागि यो साता उन्नतिकारक रहनेछ । प्रेमी–प्रेमिकाको सहयोगमा महत्वपुर्ण कार्य सम्पन्न गर्न सकिनेछ । वैदेशिक कार्यमा सफलता हात पर्नेछ । चिसो तथा राति अबेरसम्मको कार्यले स्वास्थ्यमा गडबडी देखा पर्न सक्छ ।धन बढ्नुका साथै पारिवारिक सुख प्राप्त हुने देखिन्छ । मंगलबार र बुधबार भने स्वाथ्यमा प्रतिकूलता रहनसक्ने देखिन्छ ।

धनु (ये,यो,,भि,भु,,फा,,भे)

धनु लागि यो साता फलदायी रहनेछ । मित्रको सल्लाहअनुरूप विदेशमा अध्ययनको मौका जुर्न सक्छ, विलम्ब नगर्नुहोला । परिस्थितिलाई वेवास्ता गर्नाले व्यवहारिक झमेला आइलाग्न सक्छ । कालो रंगको सवारी साधन नचलाउनु नै उचित हुन्छ । पारिवारिक सुख प्राप्त हुनेछ । बिहीबारबाट भने खर्चमा वृद्धि हुने देखिन्छ । 

मकर (भो,,जि,खि,खु,खे,खो,गा,गि)

मकर राशिका राशिका लागि यो साता सुखद् रहने देखिन्छ । असहज परिस्थतिबाट उम्कन सोचेभन्दा बढी खर्च गर्नुपर्नेछ । उपल्लो दर्जाका विशेष व्यक्तिले दिएका सुझावले अधुरा कार्य पूर्ण गर्न सहयोग पुर्‍याउनेछ । परोपकारमा रुचि बढ्नेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । नयाँ कार्यका अवसर पनि प्राप्त हुने देखिन्छ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,)

कुम्भ राशिका लागि यो साता मध्यम फलदायी रहनेछ । सोमबारसम्म कार्यमा अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ । मित्रको सहयोगबाट हौसला प्राप्त हुनेछ । सामाजिक क्षेत्रको लगानीले विदेश भ्रमणको अवसर जुराउनेछ । प्रलोभन देखाउनेहरूबाट टाढै रहँदै प्रतिष्ठा जोगाउनुहोला । साताको अन्त्यमा स्वास्थ्यको हेक्का राख्नुपर्नेछ ।

मीन (दि,दु,,,,दे,दो,,चि)

मीन राशिका लागि यो साता अर्थदायी रहनेछ ।मझौला तथा साना दुवै खाले लगानीबाट आर्थिक लाभ हुनेछ । आफनो कमजोरीबाट फाइदा उठाउनेहरू सलबलाउन सक्छन्, ध्यान दिनुहोला । सम्पन्न हुन लागेको कार्य पारिवारिक खिचातानीले अवरुद्ध हुनसक्छ । मंगलबार र बुधबार भने कार्यमा अस्थिरता रहने देखिन्छ ।

 

 

ट्याग -  साप्ताहिक राशीफल  

SUGGESTED ARTICLES

img
भारतमा बस दुर्घटनाः पाँचको मृत्यु, ३० घाइते

भारतको लखनउ-आगरा आगरा राजमार्गमा शनिबार द्रुतगतिमा गइरहेको एक बस दुर्घटना पर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सो राजमार्गमा शनिबार द्रुतगतिमा गइरहेको एक बस दुर्घटना पर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।


by Anu Rana | Today, 10:41 AM

img