mobile

राष्ट्रपतिको भाईलाई अनिश्चितकालीन जेल सजाय  

By Anu Rana on May 06,2019 - 14:08

इरानका राष्ट्रपति हसन रुहानीका भाई हुसेन फेरेडोउनलाई अनिश्चितकालिन जेल सजायको फैसला भएको छ ।भ्रष्टाचारको अभियोगमा हुसेनलाई सजाय स्वरुप अनिश्चितकालिन जेल सजायको फैसला सुनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल जजिराले जनाएको छ ।

“कतिपय आरोपमा उनीबाट गल्ती नभएको देखियो, तर अरु धेरै आरोपहरु पुष्टि भएकाले उनलाई कारागार राख्न आदेश दिइएको छ,” अदालतका एक जना कर्मचारी हमिद्रेज होसेनीले बताएका छन् ।

सन् २०१५ मा भएको आणविक सम्झौतामा राष्ट्रपतिको विश्वास पात्रका रुपमा हुसेन संलग्न रहेका थिए । उनले आफूविरुद्ध लागेको अभियोगको अस्वीकार गर्दै माथिल्लो अदालतमा जाने जानकारी दिएका छन् । उनले आफूलाई पूर्वाग्रहीपूर्ण तरिकाले फसाउन लागिएको आरोप लगाएका छन् ।

ट्याग -  राष्ट्रपतिको भाईलाई अनिश्चितकालीन जेल सजाय  

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img