mobile

विमान आगलागी हुँदा ४१ जनाको मृत्यु

By Anu Rana on May 06,2019 - 14:09

रुसको राजधानी मस्कोमा आइतबार एक यात्रुवाहक विमान आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ  । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट–१०० विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको हो । ७८ यात्रु सवार विमानमा ५ जना चालक दलका सदस्य थिए ।

अस्पतालमा उपचाररत ६ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।उक्त रसियन सुपरजेट विमान आपतकालीन ल्यान्डिङ गर्ने  क्रममा आगलागी भएको हो ।

एजेन्सीको रिपोर्टअनुसार २ बच्चा र एक अमेरिकी नागरिकको पनि मृत्यु भएको छ । सोसल मिडियामा उक्त विमान आगलागीको भिडियो सियर पनि भएको छ । जहाँ रनवेमा आगोको मुस्लो सहित विमान कुदिरहेको देखिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनामा मृत्यु भएकाका परिवारजनप्रति समवेदना व्यक्त गर्नु भ्एको छ ।

रुसको सरकारी कम्पनी एयरोफ्लोटले आफ्नो वेबसाइटमा दुर्घटनामा जीवित व्यक्तिहरुको नामावली प्रकाशित गरेको छ । सूचीमा ३३ जनाको नाम छ । कम्पनीले आपतकालीन टेलिफोन नम्बर पनि जारी गरेको छ । कम्पनीले घाइतेहरुका परिवारलाई निःशुल्क मस्को पुर्‍याइने जानकारी पनि दिएको छ ।

मिडिया रिपोर्टसहरुका अनुसार विमानको पहिलो आपतकालीन ल्याण्डिङ सफल हुन सकेन । ट्राकिङ वेबसाइड फ्लाइट राडार २४ मा उडेको करिब आधा घण्टामै विमानले आकस्मिक अवतरण गर्न कोशिस गरेको देखिन्छ ।

ट्याग -  विमान आगलागी हुँदा ४१ जनाको मृत्यु

SUGGESTED ARTICLES

img
भेनेजुएला र प्रजातान्त्रिक विपक्षीबीच वार्ता

भेनेजुएली सरकार र प्रजातान्त्रिक विपक्षीबीच युरोपेली राष्ट्रमा वार्ता भएको बताइएको छ। देशमा राष्ट्रपति निकोलस मादुरोविरुद्धको प्रदर्शनमा वृद्धि भइरहेकै समयमा समस्या समाधानका लागि सम्भावित हल खोज्नका लागि दुई पक्षबीच वार्ता भएको सरकारी वार्ता प्रतिनिधिले बिहीबार जानकारी दिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।


by Anu Rana | Today, 10:47 AM

img