mobile

भेनेजुएलामा हेलिकोप्टर दुर्घटना हुँदा ७ सैनिकको मृत्यु  

By Anu Rana on May 06,2019 - 14:12

भेनेजुएलाको राजधानी काराकासको बाहिरी इलाकामा सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा सात सैनिक को मृत्यु भएको राष्ट्रपति निकोलास मदुरोले बताएका छन् ।

उक्त हेलिकोप्टर राजधानी काराकासबाट उत्तर पश्चिमको सान कार्लोसतर्फ उडेको थियो । राष्ट्रपति मदुरोले ट्विट गर्दै सात सैनिक अधिकृतको निधनले राष्ट्रलाई नै अपूरणीय क्षति भएको बताउनु भएको छ । मृतक सैनिकहरूमा दुई जना मेजर, तीन जना क्याप्टेन र दुई जना लेफ्टिनेन्ट कर्णेल रहेका छन् ।

रक्षा मन्त्रालयले उक्त दुर्घटनाका बारेमा छानबिन थालेको छ ।  पाँच हजार बढी सैनिक सहभागी परेडको निरीक्षण गर्न राष्ट्रपति मदुरो यहाँ आएका हुन् । विपक्षी नेता हुँवा गुएइदोको विरुद्धमा शक्ति प्रदर्शन गर्न पनि उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

गत साता राष्ट्रपति मदुरोविरुद्धको सैनिक विद्रोह पनि बिफल भएको थियो । विपक्षी नेता गुएइदोले सेनालाई राष्ट्रपति मदुरोलाई समर्थन नगर्न निरन्तर आग्रह गरिरहेका छन् ।

ट्याग -  भेनेजुएलामा हेलिकोप्टर दुर्घटना हुँदा ७ सैनिकको मृत्यु  

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img