mobile

इजरायली र प्यालेस्टीनीबीच युद्धविराम

By Anu Rana on May 07,2019 - 14:42

प्यालेस्टाइनी नेताहरु इजरायलसँग युद्धविरामको लागि सोमबार सहमत भएका छन् । दुई दिनसम्म जारी भीषण हिंसापछि युद्धविराम सम्झौताको लागि सहमति भएको जनाइएको छ ।

सो युद्धविरामको शर्तमा गाजातर्फबाट रकेट आक्रमण र इजरायलतर्फबाट हवाई आक्रमण रोकिनु पर्ने गाजामा रहेका एएफपीमा समाचारदाताले बताएका छन् ।

इजिप्टको नेतृत्वमा भएको यस युद्धविराम सम्झौता स्थानीय समयअनुसार सोमबार बिहान साढे ४ बजेबाट लागू हुने भनिएको छ । इजरायल र प्यालेस्टाइनबीच भएका सन् २०१४ पछिका द्वन्द्वहरुमा हाल जारी यो हिंसा नै भीषण रुपमा देखिएपछि युद्धविराम सम्झौता भएको बताइएको छ ।

इजरायल र प्यालेस्टाइनबीच दुई दिनसम्म जारी यस हिंसामा कम्तीमा २३ प्यालेस्टिनी मारिएका छन् भने हवाई आक्रमणको क्रममा मारिएका ती प्यालेस्टाइनीहरुमा नौ जना आतङ्ककारी रहेका बताइएको छ । त्यसगरी इजरायलतर्फ पनि कम्तीमा चार व्यक्ति मारिएका र तीमध्ये तीन इजरायली रहेका छन् ।

इजरायलले दुई दिनसम्म जारी राखेको हवाई आक्रमणमा परी गर्भवती प्यालेस्टाइनी महिला र उनको बच्चा मारिएको भनी प्यालेस्टाइनका स्वास्थ्यमन्त्रीले दाबी गरेका थिए ।

प्यालेस्टाइनी आतंककारी समूहले गाजातर्फबाट ४३० भन्दा बढी रकेट प्रहार गरेको इजरायली सेनाले दाबी रहेको थियो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार गाजापट्टिका आतंककारीलक्षित थप हवाई आक्रमण गर्न सेनालाई आदेश दिएका थिए ।

ट्याग -  इजरायली र प्यालेस्टीनीबीच युद्धविराम

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img