mobile

अमेरिकाले इरानमा विमान वाहक जहाज र बमवर्षक टोली पठाउँदै  

By Anu Rana on May 07,2019 - 14:44

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले विज्ञप्ति मार्फत इरानलाई स्पष्ट सन्देश दिन चाहेको बताएका छन् । बोल्टनले अमेरिकी केन्द्रीय कमान्डलाई मद्दत गर्न युएसएस अब्राहम लिंकन क्यारिअर स्ट्राइक ग्रुप र एउटा बमवर्षक टास्क फोर्स पठाउन लागिएको जनाएका छन् ।

उनले इरानका कारण अमेरिकी सेना, अमेरिकी गठबन्धन र अमेरिकी हित प्रतिकूल गतिविधि हुने स्पष्ट संकेत देखिएको दाबी पनि गरेका छन् । 

यस नयाँ व्यवस्थापछि अमेरिकी सुरक्षाफौजले अमेरिकी हित विपरीतका कुनै गतिविधि भएमा त्यसलाई नियन्त्रणमा ल्याउन जुनसुकै कारबाही गर्नसक्ने क्षमता विकास हुने बोल्टनको भनाई रहेको छ ।

बोल्टनले भनेका छन्,’संयुक्तराज्य अमेरिका इरानी सत्तासँग युद्ध गर्न चाहँदैन, तर कुनै आक्रमण भए त्यसविरुद्ध लड्न पूर्णरुपमा तयार छन् । यस्तो युद्ध छद्मभेषी, इस्लामिक क्रान्तिकारी गार्ड वा नियमित इरानी फौज नै किन नहोस् ।’

विज्ञप्तिमा अहिल्यै नयाँ फौज परिचालन गर्नु परेको हो भन्ने केही खुलाइएको छैन । अमेरिकाले इरानसँग यसअघि सन् २०१५ मा भएको बहुपक्षीय सम्झौता तोडेर इरानमाथि प्रतिबन्ध घोषणा गरेपछि दुवै मुलुकबीच तनाव सिर्जना भएको छ ।

ट्याग -  अमेरिकाले इरानमा विमान वाहक जहाज र बमवर्षक टोली पठाउँदै  

SUGGESTED ARTICLES

img
नागरिकतासम्बन्धी विवाद पुनः संयुक्त इजलासमा

सर्वोच्च अदालतले जन्मसद्धि नागरकिता लएिका नागरकिका सन्तानलाई वंशजको नागरकिता दनिे वषियमा पूर्ण सुनुवाइका लाग िसंयुक्त इजलासमा छलफलका गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरु ईश्वर खतविडा, सुष्मालता माथेमा र कुमार रेग्मीको पूर्ण इजलासले आज सो वषियमा पुनःसुनुवाइका दुई न्यायाधीशको इजलासबाट न्याय नरिुपण हुने आवश्यक ठानी सो आदेश जारी गरेको हो ।


by RSS | May 17

img