mobile

१६ महिनापछि रिहा भए रोयटर्सका दुई पत्रकार

By Anu Rana on May 07,2019 - 16:12

१६ महिनादेखि बन्धक बनाएका रोयटर्सका दुई जना पत्रकार रिहा भएका छन्। म्यानमारमा रोहिंग्या अल्पसंख्यकमाथि भएको हिंसाका विषयमा रिपोर्टिङ्ग गरेको आरोपमा वा लोन र केयब सिओ ओलाई गत वर्षको डिसेम्बरमा पक्राउ गरी जेलमा राखिएकोे थियो।

सन् २०१७ को डिसेम्बरमा म्यानमारको एक अदालतले देशको गोपनियता सम्बन्धी कानुन उल्लंघन गरेको भन्दै उनीहरुलाई सात वर्षको जेल सजाय सुनाएको थियो। ३३ वर्षका वा र २९ वर्षका ओ राष्ट्रपतिको निर्णय अनुसार जेलबाट रिहा भएको रोयटर्सले जनाएको छ । सात वर्षको सजाय सुनाइएका दुवै पत्रकारलाई राष्ट्रपति विन मिन्टले आममाफी दिएका हुन् ।

दुवै पत्रकारले आफूहरु निर्दोष रहेको र प्रहरीले फसाएको बताएका थिए। म्यानमारको नयाँ वर्षका अवसरमा राष्ट्रपति कैदीहरु रिहा गर्ने चलन अनुसार उनीहरु रिहा भएका हुन्। उनीहरुले गरेको रिपोर्टिङ्गका लागि गएको महिना सम्मानित पुलिट्जर पुरस्कार जितेका थिए।

ट्याग -  १६ महिनापछि रिहा भए रोयटर्सका दुई पत्रकार

SUGGESTED ARTICLES

img
भेनेजुएला र प्रजातान्त्रिक विपक्षीबीच वार्ता

भेनेजुएली सरकार र प्रजातान्त्रिक विपक्षीबीच युरोपेली राष्ट्रमा वार्ता भएको बताइएको छ। देशमा राष्ट्रपति निकोलस मादुरोविरुद्धको प्रदर्शनमा वृद्धि भइरहेकै समयमा समस्या समाधानका लागि सम्भावित हल खोज्नका लागि दुई पक्षबीच वार्ता भएको सरकारी वार्ता प्रतिनिधिले बिहीबार जानकारी दिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।


by Anu Rana | Today, 10:47 AM

img