mobile

नेपालको विकासमा चीनको साथ रहने विश्वास

By RSS on May 16,2019 - 12:37

 उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको विकास र समृद्धिको यात्रामा चीनको सदैव साथ सहयोग रहने अपेक्षा गर्नुभएको छ । उपराष्ट्रपतिसँग चीनको कान्सु प्रान्तका गभर्नर ताङ रेन्जियानले आज गर्नुभएको शिष्टाचार भेटमा उपराष्ट्रपतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न नेपालले छिमेकी मुलुक चीनसँग सहकार्य गर्न चाहेको बताउनुभएको छ । कृषिको आधुनिकीकरण र व्यवसायीकरण, जलविद्युत् उत्पादन वृद्धि, पर्यटनको विकास, खनिज पदार्थको उत्खनन् र पूर्वाधार निर्माण र विकास नेपालको प्राथमिकता रहेको जानकारी गराउँदै उहाँले यी क्षेत्रमा लगानी गरेर नेपालको विकासमा सहयोग गर्न आग्रह गर्नुभयो । “हामीले नेपाललाई छोटो समयमा विकसित र समृद्ध राष्ट्र बनाउने सङ्कल्पका साथ अगाडि बढेका छौँ”, भेटमा उपराष्ट्रपतिले भन्नुभयो, “यसका लागि हामीले कृषि, पर्यटन, जलविद्युत्, खनिज, पूर्वाधार तथा व्यापारलाई हाम्रो समृद्धिको आधार मानेका छौँ । यी सबै क्षेत्रमा हामी चीनसँग सहकार्य चाहन्छौँ ।” भेटमा गभर्नर रेन्जियानले चीन र नेपालले विकास र समृद्धिका लागि एकआपसमा सहकार्य गर्नुपर्नेमा जोड दिँदै नेपालको विकास र समृद्धिको यात्रामा चीनको सदैव साथ र सहकार्य रहने बताउनुभयो । उहाँले अर्थतन्त्र र व्यापार, यातायात र पूर्वाधार, जलविद्युत्, संस्कृति र पर्यटन, कृषिको विकास र अनुभव आदनप्रदानमा सहकार्य गर्ने चीनको चाहना रहेको बताउनुभयो । गभर्नर रेन्जियानले नेपालको खानी उत्खनन्मा आफूहरुको चासो रहेको बताउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिनुभयो ।(रासस)

ट्याग -  नेपालको विकासमा चीनको साथ रहने विश्वास ,

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img